रिलायन्स एकेडेमीमा २२ गते विशेष कविगोष्ठि तथा वतृत्वकला

कपन अनलाइनमंसिर २० गते

कपन ३ मा रहेको रिलायन्स एकेडेमीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको जयन्तिको अवसर पारेर हरेक वर्ष गर्ने कवि गोष्ठि मंसिर २२ गते शनिवार गर्ने भएको छ । रिलायन्स पब्लिक स्कूलको हलमा आयोजना हुने विशेष कवि गोष्ठिमा महाकवि देवकोटा सम्मान पनि प्रदान गरिनेछ । कार्यक्रममा वरिष्ठ समालोचक कुमारबहादुर जोशीलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । गतवर्ष सालबाट प्रदान गर्न थालिएको यस किसिमको सम्मान पहिलो वर्ष वरिष्ठ साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई प्रदान गरिएको थियो । यस सम्मान रु. १०,००५ राशीको रहेको छ । यस कार्यक्रमा वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुली प्रमुख अतिथि रहने कार्यक्रमका संयोजक तथा रिलायन्स इन्टरनेसनल एकेडेमीका सहप्रधानाध्यापक दामोदर निरौलाले कपन अनलाइनलाई बताए ।

about
रिलायन्स एकेडेमीले महाकवि देवकोटा जयन्तिको अवसर पारेर कवि गोष्ठिका साथमा उपत्यकाव्यापी वतृत्वकला प्रतियोगिता पनि आयोजना गर्ने गरेको छ । विगत ४ वर्षदेखि नियमति आयोजना हुने यस कार्यक्रममा यस वर्ष उपत्यकाका २४ वटा विद्यालय सहभागि रहनेछ । वतृत्वकला प्रतियोगिताको फाइनल कार्यक्रम कविगोष्ठिको दिन आयोजना गरिनेछ । कपन तथा यस आसपासमा रहेका विद्यालयहरुभन्दा पृथक नेपाली भाषा, साहित्यमा पनि विशेष कार्यक्रमहरु गर्ने रिलायन्स एकेडेमीअन्तर्गत रिलायन्स इन्टरनेसनल एकेडेमी, रिलायन्स पब्लिक स्कूल तथा रिलायन्स कलेज पर्दछन् ।

तपाइँको प्रतिक्रिया ।