अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिताको उपाधी केब्स कलेज बौद्ध टुसाललाइ

अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिताको उपाधी केब्स कलेज बौद्ध टुसाललाइ

कपन अनलाइन

काठमाडौँ, माघ १३। चाबहिल चुच्चेपाटी मा संचालित लुम्बिनी कलेज द्वारा आयोजित अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिता सम्पन्न भएको छ । खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका आयोजित उक्त प्रतियोगिता आइतबार सम्पन्न भएको हो।

लुम्बिनी फुटसल मैदान चुच्चेपाटीमा नकआउटको आधारमा खेलाइएको सो प्रतियोगिताको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य माननीय नरोत्तम बैद्य रहेका थिए भने बिशेष अतिथिको रुपमा होली एजुकेशन फाउन्डेसनका म्यानेजिंग डिरेक्टर मदन उप्रेती होली एजुकेशन फाउन्डेसनका पदाधिकारीहरु लगायत बिभिन्न सहभागी बिद्यालयका प्रिन्सिपल शिक्षक प्रतिनिधि खेलाडी र खेलप्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता लुम्बिनी कलेजका  प्रिन्सिपल रबिन  चन्द्र कोइरालाले गरेका थिए भने कार्यक्रम संचालन लुम्बिनी कलेजका शम्भु कार्कीले गरेका थिए। शनिबार भएको फाइनल खेल केब्स एकेडमी र इनसाइट भिजन बीच भएको थियो। निकै प्रतिस्पर्धात्मक भएको सो खेलमा केब्सले इनसाइट भिजन “ए” लाइ १-० गोल अन्तर हराई उपाधि हात पारेको हो । केब्सले उपाधि संगै नगद ५० हजार समेत पाएको छ भने इनसाइट भिजन “ए” ले भने २५ हजार नगद सहित दोस्रो स्थानमा चित्त बुझाएको छ ।

यसै गरि शनिबार नै तेस्रो स्थानको लागि  इनसाइट भिजन “बि” र साइपाल एकेडमी भिडेका थिए। उक्त खेलमा इनसाइट भिजन बि ले साइपाल एकेडमीलाई ५-२ गोल अन्तरले पराजित गर्दै  तेस्रो भएको छ । फ़ाईनल खेलका “म्यान अफ द म्याच” केब्स कलेजका सामुएल तामाँङ घोसित भए त्यसै गरि समग्र प्रतियोगितामा  उत्कृष्ट गोल रक्षक केब्स एकेडमीका अशोक गिरि घोसित भए । त्यसै गरि  प्लेयर अफ द टुर्नामेन्ट केब्स कलेज कै राज तामाङ  र  सर्वाधिक गोलकर्ताको रुपमा इनसाइट भिजनका पदम भट्टराई घोषित भए ।

बिजयी टिम तथा खेलाडी हरुलाई एक समारोह बीच प्रमुख अतिथि बाग़मती प्रदेस सांसद नरोत्तम बैद्य होली एजुकेशन फाउन्डेसनका म्यानेजिंग डिरेक्टर मदन उप्रेती, लुम्बिनी कलेजका प्रिन्सिपल रबिन चन्द्र कोइरालाले बिजेता उपबिजेताहरुलाई  नगद पुरस्कार सहित  शिल्ड , मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए। अब हरेक बर्ष लुम्बिनी एकेडेमीले यस प्रतियोगितालाइ निरन्तरता दिने कार्यक्रम संयोजक सम्भु कार्कीले बताए ।कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले बिजयी खेलाडीहरुलाई बधाई दिदै देशको लागि केहि न केहि योगदान दिनुपर्ने बताए उनले गौतम बुद्द र जापानको कथा बाट देशलाई माया गर्नु पर्ने संदेश  दिएका थिए ।

कार्यक्रममा होली एजुकेशन फाउन्डेसनका म्यानेजिंग डिरेक्टर मदन उप्रेती लगायतले बिजयी खेलाडीहरुलाई शुभकामना ब्यक्त गरेका थिए । होली एजुकेशन फाउन्डेसन मुख्य प्रायोजक रहेको सो प्रतियोगिता कुल २१ कलेजका २३  वटा टिमले सहभागिता जनाएका थिए ।कार्यक्रममा अफिसियल रेफ्री र सहयोगी संघ सस्थाहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।

तपाइँको प्रतिक्रिया ।