चम्पादेवी गाँउपालिका -५ मा जीप दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते

चम्पादेवी गाँउपालिका -५ मा जीप दुर्घटना हुँदा एकको मृत्यु तीन घाइते

कपन अनलाइन

ओखलढुंगा, माघ १३।ओखलढुंगा चम्पादेवी गाँउपालिका -५ मा जीप दुर्घटना हुँदा एकको मृत्यु तीन जना घाइते भएका छन्।

सोमबार बिहान भएको दुर्घटनामा चालक सहित अन्य ३ जना गम्भिर घाइते भएका छन् । उक्त जीप दुर्घटना हुँदा सोही ठाँउका ५५ बर्षिय सन्तोष विश्वकर्माको घटना स्थलमै ज्यान गएको हो ।

गाउँबाट बिरामी लिएर ओखलढुंगा सदरमुकाम स्थित मिसन अस्पताल आउँदै गरेको बा २१ च ७३६१ नम्बरको बोलेरो आज बिहान ६ः३० बजेको समयमा दुर्घटना हुँदा १ जनाको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रहरी निरिक्षक श्री प्रसाद राईले जानकारी दिए ।

दुर्घटनामा परेर चालक सोही ठाँउका जितबहादुर बस्नेत, मृतक बि.क कि छोरी कल्पना वि.क र स्थानीय अमिता बुढाथोकी गम्भिर घाइते छन् ।
घाइतेहरुको अवस्था गम्भिर रहेकोले स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरेर काठमाडौँ धुम्बराहिस्थित हेम्स अस्पतालमा उपचारात्मक छन।
बोलेरो शिद्धडाँडाबाट करिब ५ सय मिटर तल खसेर गोपेखोला पुगि दुर्घटनाग्रस्त भएको छ । साघुरो सडकका कारण अनियन्त्रित भई बोलेरो दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइँको प्रतिक्रिया ।