सोनाम ल्होछार जिवा ल्हो बर्षको अबसरमा सुनकोशी गाउँपालिका -९ मा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

सोनाम ल्होछार जिवा ल्हो बर्षको अबसरमा सुनकोशी गाउँपालिका -९ मा आयोजित सांस्कृतिक कार्यक्रम सम्पन्न

तामाङ जातिको सास्कृतिक महान पर्वको असबरमा तामाङहरुको धर्मिक, साकृतिक,आर्थिक र पहिचान रितिरिवाजलाई संरक्षण, सम्बर्द्धन र प्रबर्द्धन गर्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रममा विभिन्न डम्फु नाच, तामाङ सेलो सहितकोर्याली प्रस्तुत भएको थियो ।

तामाङ सेलो प्रतिस्पर्धामा ४ टिमको सहाभागी रहेको उक्त कार्यक्रममा प्रथम स्थान भने ककनि सास्कृतिक टोलिले हात पार्न सफल भएको छ भने द्वितीय स्थान नाङ्सल तामाङ सेवा समाज पोखरे सास्कृतिक टोलिले हात पर्न सफल भएको कार्यक्रम आयोजक समितिको अध्यक्ष राम बहादुर तामाङले बताए।

उक्त कार्यक्रममा बोल्दै वडा नं -९ अध्यक्ष झनक कुमार कार्कीले  साकृतिक र धार्मिकको सम्मान को लागि वडाले गर्नु पर्ने सहयोगमा कुनै कन्जुस्याइँ नगर्ने बताए।

समितिको अध्यक्ष  राम बहादुर तामाङले तामाङ जातिको धर्म ,सस्कृती ,र पहिचान जोगाउन सबै आ -आफ्नो ठाउँ बाट लाग्नु पर्ने बताउदै आफु सदैव तामाङ जातिको हितमा लागिरहेको बताए।

तपाइँको प्रतिक्रिया ।