बाग्मती प्रदेशमा मन्त्री मण्डल विस्तार भएको छैन, सरकार प्रवक्ता कैलाश ढुङ्गेल

बाग्मती प्रदेशमा मन्त्री मण्डल विस्तार भएको छैन, सरकार प्रवक्ता कैलाश ढुङ्गेल

कपन अनलाइन

हेटौंडा, माघ १०।  बाग्मती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बाग्मती प्रदेश सरकार विस्तार भएको भन्ने खबरको खण्डन गरेका छन् ।

विभिन्न सञ्चारमाध्यमहरुमा प्रदेश सरकार विस्तार भएको तथा विभिन्न मन्त्रालयमा नयाँ मन्त्री नियुक्त भएको भन्ने खबर प्रकाशित र प्रसारित भएपछि मन्त्री ढुङ्गेलले उक्त खबरको खण्डन गरेका हुन् । “आजको मितिसम्म बाग्मती सरकारको मन्त्री मण्डलमा विस्तार गर्ने वा हुने बिषयमा कुनैपनि निर्णय भएको छैन” प्रवक्ता ढुङ्गेलले भने । भोली के हुन्छ अलग कुरा हो तर, आजका मिति सम्म त्यस्तो कुनै निर्णय भएको छैन उनले भने।

प्रदेश सरकार विस्तार भएको भन्ने समाचार शतप्रतिशत गलत रहेको र यस सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएको समाचार झुठो भएकोले हल्लाको पछि नलाग्न अनुरोध गर्दछु अनुरोध गर्दछु उनले भने ।

सरकारले मन्त्रीमण्डल पुनर्गठन, थपघट वा बिस्तारको सन्कुदर्नैभमा पनि परामर्श वा छलफल गरिएको भन्ने खबर पूर्णरुपमा गलत छ ।

 

तपाइँको प्रतिक्रिया ।