बुढानिलकण्ठ -१२ का नेता तथा कार्यकर्तासँग डा. राजन भट्टराईको अन्तरक्रिया

बुढानिलकण्ठ -१२ का नेता तथा कार्यकर्तासँग डा. राजन भट्टराईको अन्तरक्रिया
कपन अनलाइन

काठमाडौं, माघ १०। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले बुढानिलकण्ठ -१२ का नेता तथा कार्यकर्ताहरुसँग अन्तरक्रिया गरेका छ्न।

वडा -१२ का अध्यक्ष शम्भु भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा वडाले हाल सम्म गरेका कामहरुका वारेमा जानकारी गराइएको थियो । उक्त कार्यक्रममा गत स्थानीय निर्वाचनमा जनता विचमा लगेको घोषणापत्र अनुसार करिव ९० प्रतिसत काम सम्पन्न भएको विवरण पेश गरिएको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.भट्टराईले स्थानीय तहको कामले संघीय सरकारको आर्थिक समृद्धिको लक्ष्य पुरा हुने भन्दै वडाको कार्य प्रगति प्रति सन्तोष व्यक्त गरेका थिए । नगरपालिकाका १३ वटै वडामा निरन्तर अन्तरक्रिया गरेका भट्टराईले स्थानीय तहका जनप्रतिनिधिलाई अवका दिनमा ठुला पुर्वाधार निर्माणका लागि योजना बनाउन आग्रह गरेका थिए ।
वडा सदस्य पुरुषोत्तम नेपालले संचालन गरेका सो कार्यक्रममा नेकपा नेता माधव भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।
तपाइँको प्रतिक्रिया ।