लुम्बिनी कप अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

लुम्बिनी कप अन्तर कलेज फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

कपन  अनलाइन

काठमाडौँ, माघ १०।चाबहिल चुच्चेपाटी मा संचालित लुम्बिनी कलेजले अन्तर कलेज लुम्बिनी कप फुटसल प्रतियोगिताको सम्पूर्ण तयारी पुरा गरेको छ  । बिहिबार पत्रकार सम्मेलन मार्फत सो को जानकारी गराएको हो।खेलकुदको विकास विद्यालय र कलेजतहबाटै शुरु हुने भएकाले यसले खेलाडीलाई फुटबलमा लाग्ने प्रेरित गर्नुको साथै विधार्थीका बीचमा स्वस्थ्य प्रतिस्पर्धा, शारीरिक र मानसिक रुपमा दुरुस्त रहन यस्ता प्रतियोगिता सहयोगी हुने विश्वासका साथ प्रतियोगिता आयोजना गर्न लागिएको कार्यक्रम संयोजक शम्भु  कार्कीले जानकारी गराए  ।

होली एजुकेशन फाउन्डेसन मुख्य प्रायोजक रहेको सो प्रतियोगिता माघ १० गते देखि १२ गते सम्म चल्नेछ भने  कुल २१ कलेजका २४ वटा  टिमले सहभागिता जनाउन लागेको सो प्रतियोगितामा प्रथम स्थान हैसिल गर्नेले नगद पुरस्कार रु ५० हजार सहित ट्रफी मेडल त प्रमाण पत्र प्राप्त गर्नेछ भने दितिय हुने टिमले नगद रु २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ। त्यसै गरि प्रतियोगितामा तृतीय हुने टिमले ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने पनि आयोजकले जनाएको छ ।

प्रतियोगितामा बिभिन्न विधामा सर्वोत्कृष्ट हुने खेलाडीहरुलाई आयोजक लुम्बिनी कलेज  र प्रायोजक होली एजुकेशन फाउन्डेसनको तर्फ बाट गिफ्ट ह्याम्पर को व्यवस्था गरिएको पनि आयोजकले बताएको छ।  नक आउटको आधारमा खेलाइन लागेको सो प्रतियोगिता लुम्बिनी  फुटसल चुच्चेपाटीमा हुनेछ ।प्रतियोगिताको पहिलो उद्घाटन खेल माघ १० गते आयोजक लुम्बिनी कलेज र न्यु समिट कलेज बीच बिहान ११ बजे हुने पनि उक्त पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।सोहि अवसरमा खेल तालिका समेत सार्वजनिक गरिएको थियो । खेल तालिका निम्न रहेको छ ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।