मोलुङ्ग गाउँपालिका- ६ मा २८५६ औं जिवा सोनम ल्होछारको अबसरमा कार्यक्रम हुने

मोलुङ्ग गाउँपालिका- ६ मा २८५६ औं जिवा सोनम ल्होछारको अबसरमा कार्यक्रम हुने
कपन अनलाइन
ओखलढुंगा, माघ ९। २८५६ औं जिवा ल्हो बर्षको पाबन अबसरमा तामाङ एकता सेवा समाज मोलुङ्ग गाउँपालिका वडा न. ६ श्रीचौरले भब्य रुपमा कार्यक्रम आयोजना गर्ने  भएको छ। 
नेपाल तामाङ घेदुङ्ग प्रदेश न.१ अध्यक्ष टेक घिसिङको प्रमुख आथित्यमा हुने उक्त कार्यक्रममा
नेपाल ताम्बा संघ केन्द्रिय अध्यक्ष कमल कृष्ण घिसिङ ,नाङ्साल तामाङ सेवा समाज केन्द्रिय अध्यक्ष चन्द्र बहादुर तामाङ ,नेपाल तामाङ घेदुङ्ग जिल्ला समन्वय अध्यक्ष सुबास तामाङ ,मोलुङ्ग गाउँपालिका अध्यक्ष मणिराज राई ,उपाध्यक्ष हेम कुमारी तामाङ लगायतको उपस्तिथि रहने आयोजक समितीले बताएको छ।
कार्यक्रममा स्थानीय धामी झाकी सहितको प्रस्तुति हुनेछ भने कार्यक्रमलाई थप सफल पार्न चर्चित लोक गायिका सीता माझी,कल्पना सुनुवार ,बिरेन्द्र ग्याबा तामाङ ,अर्जुन घिसिङ ,सरिता ग्याबा तामाङ ,बाल कलाकार प्रशान्त घिसिङ तामाङ लगायत स्थानीय कलाकारहरुको बेजोड साङ्गितिककला प्रस्तुत गर्ने आयोजक समितीको अध्यक्ष देबेन्द्र जिम्बा तामाङले बताएका छन्। 
उक्त कार्यक्रममा  भाग्यशाली चिट्ठाको पनि आयोजना गरिएको आयोजकले जनाएको छ।  माघ १३ गते हुनगैरहेको बृहत कार्यक्रममा तामाङ जातिको भेष – भुषा ,डम्फु नाच,तामाङ जातिको खाना परिकारबारे बिशेष प्रदर्शन गरिने आयोजक समितीले बताएको छ।
तामाङ जातिको पहिचान झल्किने गरि ,तामाङ जातिको धर्म सस्कृतीलाई झल्काउदै जनचेतना मुलक कार्यक्रम गर्ने समितिको अध्यक्ष देबेन्द्र जिम्बा तामाङले बताएका छन्।
तपाइँको प्रतिक्रिया ।