सोनाम ल्होसारको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा

सोनाम ल्होसारको अवसरमा बागमती  प्रदेशमा सार्वजनिक बिदा

कपन अनलाइन

काठमाडौं, माघ ८। सोनाम ल्होसार पर्वको अवसरमा बागमती प्रदेशमा सार्वजनिक बिदा दिइने भएको छ।

गत पुस २७ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले माघ १० गते शुक्रबार बागमती प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

तामाङहरूको ठूलो चाड सोनाम ल्होसार बागमती प्रदेशको एक प्रमुख पर्व भएकाले सो दिन सार्वजनिक बिदा दिन लागिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ।

 

तपाइँको प्रतिक्रिया ।