गोकर्णेश्वर नगरपालिकाले महिलाहरुको लागि सुरु गर्यो नि:शुल्क स्तन तथा पाठेघर क्यान्सर परिक्षण सेवा

गोकर्णेश्वर नगरपालिकाले महिलाहरुको लागि सुरु गर्यो नि:शुल्क स्तन तथा पाठेघर क्यान्सर परिक्षण सेवा

कपन अनलाइन

काठमाडौं, माघ ६। गोकर्णेश्वर नगरपालिकाले महिलाहरुको लागि निशुल्क स्तन र  पाठेघर मुखको क्यासर परिक्षण कार्य सुरु गरेको छ । आम्दा नेपालको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको सहयोगमा माघ ४ गते बाट उक्त सेवाको सुरुवात भएको हो ।नगरपालिकाको कार्यालय नजिकै आम्दा नेपालको कार्यलयमा बिहान भएको कार्यक्रमका प्रमुख अतिथि  नगर प्रमुख सन्तोष चालिसेले उक्त महिलाहरुको  निशुल्क  स्तन र पाठेघर क्यान्सरको परिक्षण सेवाको उद्घाटन गरेका हुन् ।

सो कार्यक्रममा गोकर्णेश्वर नगरपालिका की उप प्रमुख शान्तीनेपाल ,गोकर्णेश्वर नगरपालिका वडा नं ३ का वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारी ,वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, ६ का वडा अध्यक्ष रेमश अर्याल, नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, नगरपालिका स्वास्थ्या शाखा प्रमुख  हरि प्रसाद उपाध्याय  वडा सदस्यहरु लगायत स्वास्थ्यकर्मी सहित स्थानीय महिलाहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रममा महिलाहरुको स्तन र पाठेघर क्यान्सर परिक्षण गर्नुको साथै परामर्श समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेले महिलाहरुको स्वास्थ्य लाइ मध्यनजर गर्दै सो कार्यक्रम ल्याएको बताए ।उनले प्रत्येक महिनाको दुइ दिन निशुल्क स्वास्थ्य परिक्षण गर्ने जानकारी  गराउदै रोग लागेर अशक्त नभए सम्म स्वास्थ्य परिक्षण नगराउने अधिकांश महिलाहरुलाई स्वास्थ्य संग सचेत रहन पनि सो सेवा सुरु गरिएको बताए। उनले महिलाहरु लाजले पाठेघर संक्रमण लुकाउने र अस्पताल नजाने गर्दा उक्त समस्या दिनका दिन बिकराल बन्दै गएको हुदा नगरपालिकाले स्वास्थ्य परिक्षणको कार्यक्रम सुरु गरेको पनि बताए।उनले पछिल्लो समय महिलाहरुको संबेदनशील अंग पाठेघरको संक्रमणले राजधानी देखि दुर दराजका महिलाहरुलाइ पिरोल्दै आएको समस्यालाइ दृष्टिगत गर्दै पाठेघरको संक्रमणको निकारकणरका लागि चेतना अभिृद्धि गर्ने लक्ष्य सहित सो कार्यको शुभारम्भ गरेको बताए ।

उनले महिलाहरुमा पाठेघर संक्रमणको समस्या प्रति अनभिज्ञ हुँदै गर्दा पाठेघर आफैमा रोगको घर बन्दै क्यान्सरमा रुपान्तरण हुने सक्ने भएकाले समयमानै यसको उपचार गर्न सके धेरै राहत मिल्ने तर पाठेघरको समस्यालाइ नजर अन्दाज गर्ने प्रवृतिका र यसप्रति सचेत बन्न नसक्दा पाठेघर  क्यान्सरका कारण थुप्रै महिलाले ज्यान गुमाउँनु परेको तितो यर्थात हामीवीच विद्यमान रहिआएको छ ,यहि समस्यालाइ चेतनाको रुपमा प्रवाह गर्दै विद्यमान समस्यालाइ केहि हदसम्म भएपनि न्यूनिकरण गर्ने लक्ष्य सहित सो सेवा को सुरुवात गरेको उनको भनाइ रहेको थियो। उनले उक्त सेवा बाट अधिकतम लाभ उठाउनपनि स्थानीयहरुलाई अनुरोध गरेका थिए।

तपाइँको प्रतिक्रिया ।