ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङ बने प्रदेश नम्बर १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री
कपन अनलाइन
ओखलढुंगा ,माघ ६।
ओखलढुंगाका सांसद अम्बिरबाबु गुरुङ प्रदेश नम्बर १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री बनेका छन छ । ओखलढुंगा प्रदेश सभा `क´ बाट निर्वाचित गुरुङ नेपाल सरकार प्रदेश नम्बर १ को भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रदेश सरकारमा मुख्यमन्त्री शेरधन राईले गुरुङ सहित आईतवार चार राज्यमन्त्री थप गरेका थिए । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका रामबहादुर मगर, झापाकी जसमाया गजमेर र मोरङका विजयकुमार विश्वासलाई राज्यमन्त्री नियुक्त गरेका हुन् ।
मालेकालीन समयमै नेकपा मालको सदस्यता लिएर राजनितिमा सक्रिय बनेका गुरुङ ०५३ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य भएर काम गरेका थिए ।
२०५६ सालको प्रतिनिधी सभा सदस्यको निर्वाचनमा नेकपा मालेको तर्फबाट १ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका उनले प्रदेश सभा सदस्यमा वाम गठबन्धनका तर्फबाट साझा उम्मेदर बनेर प्रतिपक्ष नेपाली कांग्रेसका उमेदवारलाई करिब सात हजार मतान्तरले पराजित गर्न सफल बनेका थिए। नेकपाका प्रभावशाली नेता गुरुङ जिल्लामा धेरैले रुचाएका नेतामा पर्छन् ।