तोयाकन नेपाल वादो-रियो कराते डो संघले तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको साथै कराते प्रशिक्षण गर्ने

तोयाकन नेपाल वादो-रियो कराते डो संघले तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिताको साथै कराते प्रशिक्षण गर्ने

कपन अनलाइन

काठमाडौं माघ ५ ।‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ तोयाकान नेपाल वादो – रियो कराते डो संघ  तथा नेपाल बादो महासंघ को आयोजनामा तेस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता को साथै अन्तर्राष्ट्रिय बिशेष कराते प्रशिक्षण गर्ने भएको छ ।माघ १८ गते देखि २० गते सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ नया बस्ति स्थित चार्ल्स डार्बिन एकेडमी कलेजमा उक्त प्रतियोगिता संचालन गर्न लागिएको आयोजकले जनाएको छ।

 

प्रतियोगीतामा नेपाल भारत, बंगलादेश,श्रीलंका अष्ट्रेलिया पाकिस्तान र मलेसिया गरि ७ रास्ट्रहरुबाट ४० अफिसियल सदस्यहरु र राष्ट्रिय तथा अन्तर्राष्ट्रियगरि ४ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहने पनि आयोजकले जनाएको छ ।खेलाडीहरुले अफिसियल काता र कुमितेका बिभिन्न विधामा कुल ३० स्वर्ण पदक, ३० रजत र ६० कास्यपदकका   निम्ति प्रतिस्पर्धा गर्नेछन भने प्रतियोगितामा उत्कृष्ट खेलाडी ,उदयीमान खेलाडीहरुलाई समेत पदकको व्यवस्था गरिएको छ। खुल्ला कराते प्रतियोगिता २०७६ साल माघ १८ र १९ गते हुनेछ भने माघ २० गते कराते गोष्ठी समेत हुने भएको छ ।कराते गोष्ठीमा अष्ट्रेलियाबाट तोयाकन अन्तर्राष्ट्रिय कराते संघमा महागुरु शिहान पौल बटरफिल्ड द्वारा खेलाडीहरुलाई प्रशिक्षण समेत दिने कार्यक्रम रहेको आयोजकले जनाएको छ  । यसअघि २०७६ साल  जेठ १० र ११ गते नेपालको गोकर्णेश्वर नगरपालिकामा   दोस्रो अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सम्पन्न भैसकेको छ ।

तपाइँको प्रतिक्रिया ।