कपनमा एमाओवादी र एमालेका स्वयम्सेवकले पार्टीको व्याच प्रयोग
कपन अनलाइनमंसिर ४
कपनमा निर्वाचन आचार संहिता विपरीत एमाओवादी तथा एमालेका स्वयम्सेवकहरुले आफ्नो पार्टीको व्याच तथा स्कार्फ प्रयोग गरेका छन् । कपनको वडा नं. ८ स्थित यज्ञमती स्कूलमा रहेको मतदान केन्द्रमा रहेका स्वयम् सेवकहरुले यसरी व्याच तथा स्कार्फ प्रयोग गरेका हुन् । यसरी मतदातालाई प्रभावित पार्ने गरी स्वयम्सेवकले पार्टीको नाम अंकित सामग्रीको प्रयोग गरेकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ । नेपाली कांग्रेसले आफ्ना स्वयम्सेवकलाई हिमालको फोटो अंकित व्याच प्रयोग गरेको छ ।
तपाइँको प्रतिक्रिया ।