प्रथम इष्ट पोल अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न

प्रथम इष्ट पोल अन्तर बिद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिता सम्पन्न

कपन अनलाइन

काठमाडौं,माघ ४। गोकर्णेश्वर नगरपालिका वडा नं ५ नारायणटार जोरपाटीमा संचालित इष्ट पोल माबीले आयोजना गरेको प्रथम इष्ट पोल अन्तर बिध्यालय सेभेन ए साइड छात्र-छात्रा फुटबल प्रतियोगिता बिहिबार  सम्पन्न भएको छ  । इष्ट पोल मावि २५औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शैक्षिक ज्ञान र शिप विकास को साथ साथै खेलको माध्यम बाट आचरण सुधार गर्दै खेल कौशलको विकास गर्दै अन्य शैक्षिक संस्थाहरु संगको सम्बन्ध प्रगाढ बनाउने उदेश्य राखेर प्रतियोगिता संचालन गरिएको हो ।इष्ट पोल माविको खेल मैदानमा भएको सो प्रतियोगिताको उद्घाटन शनिबार भएको थियो । प्रतियोगितामा कुल  १५ विद्यालयका छात्रातर्फ १२ र छात्रतर्फ १५ टिमको सहभागिता रहेको थियो ।

बिहिबार समापन समारोहका प्रमुख अतिथि गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, साहित्यकार गोबिन्द घिमिरे (बेदमणि) इष्टपोल माविका प्रिन्सिपल राजेश राइ,लगायत बिभिन्न बिध्यालय का प्रिन्सिपल सहभागी बिध्यालयका शिक्षक प्रतिनिधि लगायत खेलाडीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम को अध्यक्षता इष्टपोल माबी व्यवस्थापन समितिका अध्यक्ष इश्वर प्रसाद सापकोटाले गरेका थिए भने कार्यक्रम संचालन इष्ट पोल माविका भाइस प्रिन्सिपल प्रकाश अधिकारीले गरेका थिए   ।

बिहिबार सम्पन्न प्रथम इस्टपोल अन्तरविद्यालय सेभेन ‘ए’ साइड फुटबल अन्तर्गत छात्रा र छात्र दुवै तर्फको उपाधि सांग्रिला पब्लिक स्कुलले जितेको छ ।बिहिबार भएको छात्रा तर्फको फाइनलमा सांग्रिलाले छहारी शिक्षा सदनलाई टाईब्रेकरमा २-१ गोल अन्तरले पराजित गर्दै उपाधि माथि कब्जा गरेको हो  ।निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो । छात्रातर्फ नेपालय पब्लिक स्कूल तेस्रो भयो ।

स्कुलको २५ औं स्थापना दिवसको अवसरमा आयोजित प्रतियोगिताको छात्रतर्फको उपाधि पनि सांग्रिला पब्लिक स्कुलले नै जितेको छ  ।फाइनलमा सांग्रिलाले नेपालयलाई टाईब्रेकरमा ४-२ गोल अन्तरले पराजित गरेको थियो । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाईब्रेकरमा गएको थियो ।छात्रतर्फ लर्ड्स लाइट एकेडमी तृतीय हुन सफल  भयो ।प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट गोलकिपर नेपालयका पृथ्वी खड्का र उत्कृष्ट खेलाडी नेपालयकै सुशन तामाङ चुनिए ।प्रतियोगितामा ४ गोल गरेका ब्राइट जोनका सुदीप चौलागाई सर्वाधिक गोलकर्ता घोसित भए  ।

छात्रातर्फ छहारीकी आशिका दर्माकोटी उत्कृष्ट गोलरक्षक  र सांग्रिलाकी सुस्मिता शाक्य उत्कृष्ट खेलाडी चुनीईन् ।सर्वाधिक गोलकर्ताको अवार्ड नेपालयकी एलिसा श्रेष्ठले जितिन, उनले प्रतियोगिता अवधिभर ३ गोल गरेकी थिइन् ।प्रतियोगितामा छात्रमा ब्राइट जोन र छात्रामा जीवनतारा एकेडमीले फेयर प्ले अवार्ड जितेको छ  ।

प्रतियोगिताका विजेता खेलाडीहरुलाई गोकर्णेश्वर नगरपालिकाका प्रमुख  सन्तोष चालिसे बिशेष अतिथि गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतले ट्रफि, मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

पुरस्कार वितरण समारोहमा बोल्न बक्ताहरुले इष्टपोल माबी २५ औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना तथा बिजयी खेलाडीहरुलाई बधाई दिएका  थिए ।उनीहरुले स्वास्थ्यको लागि खेलकुदको निकै आवश्यक रहनुका साथ खेलकुदबाट बिश्वमा राष्ट्रलाइ चिउने माध्यम  समेत भएको बताए ।

विद्यालय स्तरबाट नै खेलाडी उत्पादन गर्न सके प्रतिभावान खेलाडी उत्पादन नभएर त्यसले राष्ट्रका लागि फाइदा पुर्‍याउने पनि बताए फुटबल खेलमा सम्भावना बोकेका प्रतिभाहरुको पहिचान गर्न पनि यस्ता प्रतियोगीताले सहयोग पुर्याउने बताउदै गोकर्णेश्वर नगरपालिकाले खेलकुदलाइ प्राथमिकतामा राखेको  नगर प्रमुख सन्तोष चालिसेले बताए ।

 

तपाइँको प्रतिक्रिया ।