तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको फाइनलमा मन्जु र विनिता

तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको फाइनलमा मन्जु र विनिता

कपन अनलाइन

काठमाडौँ, माघ ४। नेपाल आर्मीकी मन्जु विक र एपीएफकी विनिता थापा मगर वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको महिला ६५ केजीमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् ।
ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा मन्जुले एपीएफकी मनीषा राउत तथा विनिताले मेन डोजोकी रविना तामाङलाई पराजित गरे ।
महिला खुला तौलसमूहमा एपीएफकी जयन्ती श्रेष्ठले मेन डोजोकी पुनम कर्माचार्य तथा आर्मीकी विन्दु पुनले सो क्योकुसिनकी सुमि श्रेष्ठलाई हराउदै फाइनलमा स्थान सुरक्षित गरे । महिला ६० केजीमा एपीएफकी निशा विकले मकवानपुरकी रेश्मा माझी तथा मेन डोजोकी सुस्मिता शाहीले प्रिया वाइबालाई पाखा लगाउदै फाइनलमा स्थान पक्का गरे ।
महिला ५० केजीमा आईकेकेएफकी करिश्मा कार्कीले आर्मीकी रुविका खड्का तथा एपीएफकी सन्जु माया थिङले आर्मीकी शान्ति थापा मगरलाई पन्छ्याउदै फाइनल यात्रा तय गरे । महिला ५५ केजीमा एपीएफकी विद्या गुरुङले आर्मीकी अनुपमा नेपाली तथा आर्मीकी रिना धिमालले नेपाल प्रहरीकी रिता ठकुल्लाको चुनौती पन्छ्याउदै फाइनलमा स्थान बनाए ।
वर्षाका कारण शुक्रबारका सम्पूर्ण खेलहरु सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराते हलमा खेलाइएको थियो । पहिलो दिनको खेल निर्धारित स्थान ललितपुरको चापागाउँस्थित प्याङगाउँ चौरमा भएको थियो । तेश्रो तथा अन्तिम दिनको खेल प्याङगाउँमै खेलाइने प्रतियोगिता संयोजक राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मिनकृष्ण महर्जनले जनाएका छन् ।
प्रतियोगितामा पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रत्येक स्पर्धामा पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ८–८ हजार नगद पुरस्कार पाउने छन् । टिममा पहिलो हुनेलाई १ लाख र दोश्रो हुनेलाई ५० हजार नगदबाट पुरस्कृत गरिने छ । उत्कृष्ट पुरुष÷महिला खेलाडीले जनही २५ हजार नगद पुरस्कार हात पार्ने छन् ।

तपाइँको प्रतिक्रिया ।