कालिका शरण उच्च मा.बि शंखरापुर – ३ को छात्रावास सहितको आधुनिक भवन हस्तारण

कालिका शरण उच्च मा.बि शंखरापुर – ३ को छात्रावास सहितको आधुनिक भवन हस्तारण

कपन अनलाइन

काठमाडौँ,माघ २। शंखरापुर नगरपालिका- ३ स्थित कालिका शरण उच्च माध्यामिक विद्यालयको छात्रावास सहितको आधुनिक भवन हस्तारण कार्यक्रम सम्पन्न भएको छ।

कोरियाको अम होङ गिल ह्युमन फाउण्डेशनको सहयोगमा निर्मित सुविधा सम्पन्न भवन मंगलबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, शिक्षा तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल, पूर्व शिक्षामन्त्री गंगालाल तुलाधरसहितको  उपस्थितिमा  सो भवन  हस्तान्तरण गरिएको हो।

उक्त कार्यक्रममा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले भौतिक व्यवस्थापनको काम सकिएकाले अब शैक्षिक गुणस्तरमा ध्यान दिन सुझाव दिए ।नेपालले भने, ‘यो विद्यालयमा भौलिक व्यवस्थापनको काम सकिएको छ। सुविधा सम्पन्न भवन निर्माण भएको पाउँदा खुशी लागेको र अब शैक्षिक गुणस्तरको काममा लाग्न आग्रह गरेका थिए।

सो कार्यक्रममा बोल्दै शिक्षामन्त्री पोखरेलले नेपालमा विद्यालय क्षेत्रको पूर्वाधार निर्माणमा अम होङ गिल ह्युमन फाउण्डेशनको सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गरेका थिए।

नवनिर्मत विद्यालय भवनमा १० वटा कक्षाकोठा, १४ वटा सुविधा सम्पन्न छात्रावास कोठा, करिब पाँच सय क्षमताको हल र शौचालय निर्माण भएका छन्।

फाउण्डेशनले सन् २००९ देखि नेपालमा विद्यालय निर्माणका लागि सहयोग गर्दै आएको छ। हालसम्म १२ जिल्लाका १५ भन्दा बढी विद्यालयमा फाउण्डेशनले आधुनिक भवन निर्माण गरिसकेको छ।

तपाइँको प्रतिक्रिया ।