चन्द्रागिरी नगरपालिका- २ बाट १ के.जि चरेश सहित २ जना पक्राउ

चन्द्रागिरी नगरपालिका- २ बाट १ के.जि चरेश सहित २ जना पक्राउ
कपन अनलाइन
काठमाडौँ, माघ २ । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले १ के.जि चरेश सहित २ जनालाई  पक्राउ गरेको छ। 

विशेष सुचनाको आधारमा  प्रहरीले  चन्द्रागिरी नगरपालिका वडा नं-२ नागढुंगा चेक प्वाइन्टमा धादिङबाट काठमाण्डौतर्फ आउँदै गरेको बा.४१ प ९८४२ नम्बरको मोटरसाईकलमा सवार मोटरसाईकल चालक जिल्ला रामेछाप उमाकुण्ड गाउपालिका वडा न.१ बस्ने बर्ष २३ को फुर्बा शेर्पा र मोटरसाईकलको पछाडी बसेका ऐ.ऐ.बस्ने बर्ष २२ का जिप छिरिङ शेर्पालाई पक्राउ गरेको छ ।
चेकजांच गर्ने क्रममा मोटर साइकल चालक फुर्बा शेर्पाले अगाडी भिरेको कालो रङको झोलाभित्र हरियो प्लाष्टिकको थैलीमा खैरो रङको कार्टुन टेपले बेरी लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा ४ ओटा प्याकेटमा लागुऔषध चरेशको १ किलो १५ ग्राम फेला परेपश्चात निजहरूलाई पक्राउ गरीएको हो ।
पक्राउ परेका दुवैजनालाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम थप अनुसन्धान तथा कार्वाही भैरहेको छ।
फोटो: रोशन दानी
तपाइँको प्रतिक्रिया ।