सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै ५ हजार रकम लिने पक्राउ

सवारी चालक अनुमतिपत्र बनाइदिने भन्दै ५ हजार रकम लिने पक्राउ
कपन अनलाइन
काठमाडौँ,पुस २८  । सवारी चालक अनुमति पत्र बनाईदिन्छु भनि पाँचहजार लिने व्यक्ति पक्राउ परेका छन् ।पक्राउ पर्नेमा तनहुँ भानु  नगरपालिका- ६ मुलपानी घर भई हाल ललितपुर १३ कुसुम्ती बस्ने बर्ष ३८ को भरत बस्नेत रहेका छन्।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको ट्राफिक प्रहरी टोलीले सुजुकी ड्राईभिङ स्कुल एकान्तकुनाका सवारी चालक भरत बस्नेतलाई चार पांग्रे सवारी साधनको ट्रायल परिक्षामा पास गराइदिन्छु भनि  रु ५ हजार मागेको प्रहरीले जनाएको छ ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागी महानगरीय प्रहरी बृत्त सातदोबाटोमा बुझाइएको छ ।

तपाइँको प्रतिक्रिया ।