एटिएम मेसिन फोडिरहेको अवस्थामा पक्राउ

एटिएम मेसिन फोडिरहेको अवस्थामा पक्राउ

कपन अनलाइन

काठमाडौं,पुस २७ ।एटिएम मेसिन फोडिरहेको अवस्थामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जाजरकोट त्रिवेणी नगरपालिका-६ घर भएका २४ वर्षीय तिलक खड्का रहेका छन्। उनलाई एटिएम मेसिन फोडिरहेको अवस्थामा शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो।

काठमाडौं महानगरपालिका-२८ पुतलीसडकस्थित माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा फेला पारी खड्कालाई महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

तपाइँको प्रतिक्रिया ।