उ आउदैन यहाँ (कविता )

उ आउदैन यहाँ (कविता )

कपन अनलाइन

काठमाडौं ,पौष २६ /गंगा लिगल

बालक
जून किन तल आउदैन बाबा ?
खालि माथिबाट मात्र हेर्छ हामीलाई
तल आए त
म उसलाई साथी बनाउथे ।
स्कुलमा लिएर जान्थे
चिप्सहरु खुवाउथे
सबै साथीलाई देखाएर
खुब खेल्थे

बाबा
उ त आकाश मण्डलमा
ग्रहको रुपमा छ ।
उस्को निर्जल, निस्चल
नेत्रले
सन्सारको सब मान्छेलाई
हेर्छ उस्ले
यहाँ जमीनमा उ आउदैन
किनभने
यहाँ लोभ लाल छ धेरै
मोह, रिस, ईष्र्या छ
क्रोधको त भकारी नै छ
सत्यता हराएको छ
एकले अर्कोलाई
पिटने मात्र होइन
धन मात्र लुटने होइन
ज्यान पनि लिएर छोड्छ ।

आतंकको त महामारी नै
यी सब कुराबाट
ऊ सधैँ सतर्क छ
तसर्थ यहाँ उ
कहिल्य आउँदैन

उस्को सौम्य र समान
नेत्रले सबैलाई
म जस्तै होउ भनी
उदाहरण बनेर
बसेको छ
त्यसैले उ कहिले पनि
आउदैन यहाँ ।

तपाइँको प्रतिक्रिया ।