बुढानिलकण्ठ नगरपालिका – ६ ले नृत्यकला प्रशिक्षण कक्षा संचालन गर्ने
कपन अनलाइन
काठमाडौँ,पुस २२। बुढानिलकण्ठ नगरपालिका वडा नं-६ को कार्यलयले सार्वजनिक सूचना जारि गरको छ । वडा अध्यक्ष नवीन केसीद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडा नं ६ को समितिको निर्णय अनुसार वडामा भएको बालबालिकाहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले नृत्यकला प्रशिक्षण कक्षा संचालन गर्ने जनाएको छ।
वडाभित्र स्थाई बसोबास भएका ७ बर्ष देखि १५ बर्ष उमेर समुहका इच्छुक बालबालिकाहरुको नाम यथाशीघ्र वडा कार्यालयमा वा जनप्रतिनिधिलाई सूचना प्रकाशित भएको मितिले ३ दिन भित्र उपलब्ध गराउनु हुन् सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।