बुढानिलकण्ठ नगरपालिका – ९ ले महिला मानसिक सु-स्वास्थ्य अभिमुखीकरण कार्यक्रम संचालन गर्ने
कपन अनलाइन
काठमाडौँ,पुस २२। बुढानिलकण्ठ नगरपालिका वडा नं-९ को कार्यलयले सार्वजनिक सूचना जारि गरको छ । वडा अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाद्वारा हस्ताक्षरित उक्त सूचना मार्फत यस वडामा महिला मानसिक सु-स्वास्थ्य अभिमुखीकरण कार्यक्रम संचालन हुने जनाएको छ ।
वडा कार्यालयको आयोजना तथा शुभ श्री महिला विकास समितिद्वारा संचालन हुने उक्त कार्यक्रम मिति २०७६/०९/ २३ गतेबुधबार बिहान ११ बजे वडा नं ९ को कार्यलय मन्दीखाटार मा हुने भएको हो।
बुढानिलकण्ठ नगपालिकाकी उप प्रमुख रमा देवी राइको प्रमुख आतिथ्यतामा हुने उक्त कार्यक्रममा वडाको सम्पूर्ण महिला आमा, दिदीबहिनीहरुलाई उपस्थिति जनाउनको लागि यसै सूचना मार्फत अनुरोध गरेको छ।
तपाइँको प्रतिक्रिया ।