गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि रबिन बम्जन र किरण कार्कीको जोडीलाई

गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको उपाधि रबिन बम्जन र किरण कार्कीको जोडीलाई

कपन अनलाइन

काठमाडौं पौष २१। गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ४ मा अवस्थित “गोकर्णेश्वर युवा उपकार क्लब” ले आफ्नो स्थापनाको ३० औ बार्षिक उत्सबको अवसरमा आयोजना गरको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।आफ्ना क्लबका सदस्य बीच युगल टिम इभेन्टमा खेलाइएको युक्त प्रतियोगिताको आज सेमिफाइनल र फाइनल खेलहरु सम्पन्न भएका हुन् ।

आज भएको फाइनल खेलमा “रबिन बम्जन र किरण कार्की” को टिमले “बालकृष्ण श्रेष्ठ र सरोज बुढाथोकी” को टिमलाई २१-१७ र २१-१६ को सोझो सेटमा हराई प्रथम स्थान हासिल गरेका छन ।उक्त टिमले सेमिफाइनलमा “बिजय श्रेष्ठ र राजकुमार श्रेष्ठ” को जोडीलाई १६-२१, २१-१९ र २१-१२ को सेटमा हराई फाइनलको यात्रा तय गरेको थियो।यसैगरि दितीय हुने टिमले सेमिफाइनलमा “राजु कर्माचार्य र रामहरी श्रेष्ठ” को जोडीलाई २१-९ र २१-१२ को सोझो सेटमा हराई फाइनलको यात्रा तय गरेको थियो ।प्रथम एवम दितीय हुने टिमले सिल्ड मेडल प्रमाणपत्र सहित नगद पुरस्कार  र क्रमश  रु ७००० र रु ४००० हात पारेका छन् ।

सो प्रतियोगिताको समापन कार्यक्रमका प्रमुख अतिथि  गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ रहेका थिए भने बिशेष अतिथिको रुपमा  श्री गोकर्णेश्वर युवा उपकार क्लबका सल्लाहकार गोबिन्द  बहादुर श्रेष्ठ, शिक्षाविद एबम क्लबका सल्लाहकार हरिकृष्ण श्रेष्ठ, वडा सदस्य जयराम महत् क्लबका पदाधिकारी क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठ लगायत खेलाडी र खेल प्रेमीदर्शकहरुको उपस्थिती रहेको थियो कार्यक्रमको अध्यक्षता प्रतियोगीताका  संयोजक कृष्ण प्रसाद श्रेष्ठ (अनिल)ले गरेका थिए । कार्यक्रममा बिजेता तथा उपविजेता  खेलाडीहरुलाई प्रमुख अतिथि तथा बिशेष अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।कार्यक्रममा क्लब ३० औं वर्षमा प्रवेश गरेको अवसरमा क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठ ले केक समेत काटेका थिए ।

गोकर्णेश्वर युवा  उपकार क्लबले निरन्तर रुपमा बिभिन्न सामाजिक तथा मानवीय सेवाको कार्य गर्दै आएको छ ।क्लबको स्थापना दिवसको अवसर पारेमा ब्याडमिन्टन प्रतियोगिताको साथै अन्य सामाजिक कार्य गर्दै मनाउन लागेको क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।