गोकर्णेश्वर युवा उपकार क्लब ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न

गोकर्णेश्वर युवा उपकार क्लब ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिनको खेलहरु सम्पन्न

कपन अनलाइन

काठमाडौं, पौष २०। गोकर्णेश्वर नगरपालिका  वडा नम्बर ४ मा अवस्थित “गोकर्णेश्वर युवा उपकार क्लब” ले आफ्नो स्थापनाको ३० औ बार्षिक उत्सबको अवसरमा आयोजना गरको मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिताको  आज दोस्रो दिनका खेलहरु सम्पन्न भएका छन ।आफ्ना क्लबका सदस्य बीच युगल टिम इभेन्टमा खेलाइएको युक्त प्रतियोगिताको आज भएको खेलहरुमा बिजय श्रेष्ठ र राजकुमार श्रेष्ठ “ख” को जोडीले राम श्रेष्ठ र बिक्रम श्रेष्ठको जोडीलाई १८-२१, २१-१९ र २१-११ को सेटमा पराजित गरि सेमिफाइनलको यात्रा तय गर्ने पहिलो टिम बनेको छ।

आज नै भएको  अन्य खेलहरुमा श्रीकृष्ण श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडीलाई किरण कार्की र रवी बम्जनको जोडीले २३-२१ र २१-१४ को सोजो सेटमा  पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। त्यसै गरि सरोज बुढाथोकी र बालकृष्ण श्रेष्ठको जोडीले प्रेम कुमार श्रेष्ठ र सुमन श्रेष्ठको जोडीलाई २१-१८ र २१-८ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो। आज नै भएको अर्को खेलमा  राजु कर्माचार्य र रामहरी श्रेष्ठको जोडीले मधु श्रेष्ठ र अनिल श्रेष्ठको जोडीलाई २१-१० र २१-१२ को सोझो सेटमा पराजित गरेको थियो। त्यसै गरि अर्को खेल  श्रीकृष्ण श्रेष्ठ र राजकुमार श्रेष्ठ “क” को जोडीले उमेश ढुंगाना र हरिदास श्रेष्ठ को जोडीलाई २१-१३ र २१-१३ को सोझो सेटमा पराजित गरि सेमिफाइनलमा प्रवेश गरेको प्रतियोगीतका  संयोजक कृष्ण प्रसाद श्रेष्ठ (अनिल)ले कपन अनलाइनलाइ बताए।

भोलि पहिलो सेमिफाइनल खेलबाल कृष्ण श्रेष्ठ र सरोज बुढाथोकीको जोडी र राजु कर्माचार्य र रामहरी श्रेष्ठको जोडी बीच हुनेछ। भने दोस्रो सिमिफाइनल खेल विजय श्रेष्ठ र राजकुमार श्रेष्ठको जोडी र किरण कार्की र रबिन बम्जन बीच हुनेछ।भोलि नै फाइनल खेल पनि संचालन हुनेछ। कुल १५ वटा खेल रहने प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई सिल्ड, मेडल र प्रमाण पत्र सहित नगद पुरस्कार  प्रदान गरिने छ ।

४ समूह बनाइ लिग कम नक्आउटमा खेलाइएको  प्रतियोगिताको फाइनल खेल पौष २१ गते संचालन हुने छ।गोकर्णेश्वर युवा  उपकार क्लबले निरन्तर रुपमा बिभिन्न सामाजिक तथा मानवीय सेवाको कार्य गर्दै आएको छ ।क्लबको स्थापना दिवसको अवसर पारेमा ब्याडमिन्टन प्रतियोगिताको साथै अन्य सामाजिक कार्य गर्दै मनाउन लागेको क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।