गोकर्णेश्वर युवा उपकार क्लब ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ब्याडमिन्टन प्रतियोगिता गर्ने

गोकर्णेश्वर युवा उपकार क्लब ३०औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा ब्याडमिन्टन प्रतियोगिता गर्ने

कपन अनलाइन

काठमाडौं पौष १५। गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर युवा उपकार क्लबले  ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ  ।२०४६ साल पौष २१ गते स्थापना भएको क्लब ३० औं वर्षमा  प्रवेश गरेको उपलक्ष्यमा क्लबका सदस्यहरु बीच ब्याडमिन्टन प्रतियोगिता संचालन गर्न लागेको  कार्यक्रमका संयोजक कृष्ण प्रसाद श्रेष्ठ (अनिल)ले कपन अनलाइनलाइ बताए।  प्रतियोगिता २०७६ साल पौष १९ गते शनिबार बाट सुरु भइ पौष २१ गते सोमबार समापन हुने पनि आयोजकले जानकारी गराएको छ ।

गोकर्णेश्वर युवा  उपकार क्लबले निरन्तर रुपमा बिभिन्न सामाजिक तथा मानवीय सेवाको कार्य गर्दै आएको छ ।  क्लबको स्थापना दिवसको अवसर पारेमा ब्याडमिन्टन प्रतियोगिताको साथै अन्य सामाजिक कार्य गर्दै मनाउन लागेको क्लबका अध्यक्ष प्रेमकुमार श्रेष्ठले जानकारी दिए। उनले सो कार्यक्रममा सहभागी हुनको लागिपनि क्लबका सदस्यहरुको साथै सबैलाई अनुरोध गरेका छन् । थप जानकारी को लागि ९८५१००९०८६ मा सम्पर्क गर्न सकिने छ ।

तपाइँको प्रतिक्रिया ।