पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वरको १३औं बार्षिक साधारण सभा सम्पन्न

पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेड गोकर्णेश्वरको १३औं बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं पौष १५ ।गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा संचालित पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारण सभा २०७६  सम्पन्न भएको छ। पौष १२ गते शनिबार गोकर्णेश्वर नगरपालिका ९ मा रहेको गोकर्णेश्वर व्याङ्क्वेटमा सम्पन्न भएको सो कार्यक्रमका प्रमुख अतिथिको रुपमा संघिय सांसद  माननीय कृष्ण राइ रहेका थिए  भने बिशेष अतिथिको रुपमा प्रदेशसभा सदस्य माननीय  रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडाअध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफ्स्कुनका सञ्चालक समितिका न्हुच्छे नारायण श्रेष्ठ, पत्रकार विजय चालिसे, प्याब्सनका सुदर्शन थापा लगायत संस्थाका पदाधिकारी शेयर सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरि कृष्ण श्रेष्ठले गरेका थिए ।

 

कार्यक्रममा साविकको गोकर्णेश्वर गाविसकै पहिलो सहकारी पासा ग्वाहाली पुचः वचत तथा ऋण सहकारीले आर्थिक वर्ष २०७५–२०७६ मा रु सात लाख ३३ हजार ५८ मुनाफा हासिल गरेको  जानकारी गराइएको थियो ।साधारणसभाका अवसरमा पेस गरिएको वार्षिक प्रतिवेदनमा रु एक करोड १३ लाख २५ हजार १०६ आम्दानी भएको उल्लेख गरिएको  छ।यसैगरी रु एक करोड पाँच लाख ९२ हजार ४७ खर्च भएको छ भने  सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले पेश गरेको प्रतिवेदनमा शेयर पूँजी रु एक करोड ४३ लाख ४३ हजार २०० रहेको उल्लेख गरिएको थियो  ।सहकारीको निक्षेप बचत रु पाँच करोड ४९ लाख ६३ हजार १५ छ।सहकारीले रु पाँच करोड ७५ लाख ३९ हजार ८२८ कर्जा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए ।

 

कार्यक्रममा प्रमुख अतिथिको रुपमा शुभकामना मन्तब्य राख्दै संघिय सांसद माननीय कृष्ण राइले सरकारको तीनखम्बे अर्थनीतिअनुसार सहकारी अपरिहार्य अङ्ग भएको बताए ।देशभर छरिएका ३४ हजार ५०० सहकारीकै कारण आर्थिक रूपान्तरणका साथै स्वरोजगार सम्भव भएको उनको भनाइ थियो। उनले सहकारी सस्थाहरु विपन्न वर्ग र सीप क्षमता भएका व्यक्तिहरुलाई अर्थोपार्जन गर्ने   माध्यमको रुपमा विकास गर्नुपर्ने बताउदै  कला, सीप र क्षमताको पहिचान गरि सहकारी सस्थाहरुले व्यवसायीक रुपमा महिला तथा किसानलाई समेत आत्मनिर्भर बनाउन आग्रह गरे ।

सहकारी आर्थिक क्षेत्रको मात्र प्रगति नभई सामाजिक, सास्कृतिक र व्यवहारिक रुपमा सेयरधनी र बचतकर्ताहरुमा समेत प्रगती गर्दै आईरहेको र गराउन आग्रह गरे।अर्थको थुप्रो हुनु मात्र ठूलो कुरा नभई त्यसको सहि उपभोग र फलाउदै लानु पर्नेमा विशेष जोड दिन बचतकर्ता र सेयरधनीलाई ध्यानाकर्षण गराउदै पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेड १३औं बर्षामा प्रवेश गरेको उपलक्ष्यमा शुभकामना व्यक्त गरे ।

प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले संस्थालाई शुभकामना ब्यक्त गर्दै  गाउँ गाउँमा फैलिएका सहकारीले निम्न आय भएका जनताको आय आर्जनमा सहयोग गरेको बताए । उनले नले सहकारीको विकासले साझेदारी र सामुहिक काममा सकारात्मक भुमिका निभाएको बताउदै समाज रुपान्तरणमा थप टेवा पुगेको बताए ।कार्यक्रममा वरिष्ठ पत्रकार विजय चालिसे, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ, नेफ्स्कुनका सञ्चालक न्हुच्छेनारायण श्रेष्ठ, सहकारीका उपाध्यक्ष प्रेमलाल श्रेष्ठ, लेखा समिति संयोजक कृष्णभक्त श्रेष्ठ लगायतले निम्न आय भएका मानिसका लागि स्वरोजगारी गर्न सहकारी वरदान सावित भएकामा जोड दिएका थिए ।

सभाध्यक्षको आसन बाट बोल्दै पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष हरिकृष्ण श्रेष्ठले सस्थाको गरिमालाई उच्च बनाउन सहकार्य र सदभावका साथ लागि परेकोमा बचतकर्ता, सेयरधनी , ऋणदाताहरु , कर्मचारीहरु र १३ औं साधारण सभामा उपस्थित सबैलाई धन्यबाद दिएका थिए  ।

तपाइँको प्रतिक्रिया ।