गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित १९औं बडा दशैँ रनिंग शिल्ड फुटबल प्रतियोगिताको उपाधि सलाखीटार फुटबल क्लबलाई
कपन अनलाइन
काठमाडौँ, पौष १३। गोकर्णेश्वर युवा उपकार क्लब द्वारा आयोजित बडा दशैको उपलक्ष्यमा आयोजित वडा नं ४ स्तरीय १९ औं बडा दशैँ रनिंग शिल्ड फुटबल प्रतियोगिता पौष १२ गते शनिबार सफलता पुर्वक सम्पन्न गरेको छ ।प्रत्येक वर्ष दशैँको अवसरमा आयोजना गर्दै आएको सो प्रतियोगिता प्राबिधिक कारण बश स्थगित भए पश्चात प्राबिधिक कठिनाइलाइ अन्त्य गरि फाइनल खेल खेलाइएको थियो। गोकर्णेश्वर वडा नं ४ स्थित नाम्गेल खेल मैदानमा भएको सो प्रतियोगिताको फाइनल खेल सलाखिटार फुटबल क्लब र गोकर्ण ९ ए बीच भएको थियो ।
निकैनै प्रतिस्पर्धात्मक बनेको सो खेलमा सलाखीटार फुटबल क्लबले डिफेन्डिंग च्याम्पियन गोकर्ण ९ “ए” लाइ ३-१ गोल अन्तरले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको थियो। खेलको सुरुवाती देखि नै दबाब बनाएको सलाखीटार फुटबल क्लबको तर्फ बाट सुसान श्रेष्ठले दुइ गोल गर्न सफल भए भने सहिल श्रेष्ठले थप एक गोल गर्दै टिमलाइ बिजयी बनाए । खेलको अन्तिम समयमा डिफेन्डिंग च्याम्पियन गोकर्ण ९ “ए”का जर्सी नं ७का प्रवेश श्रेष्ठले एक गोल गरि खेलमा फर्किने संकेत गरे पनि थप गोल हुन सक्दा सलाखीटार फुटबल क्लब संग ३-१ गोल अन्तरले पराजित हुन पुग्यो ।
बिजेता भए संगै सलाखीटार फुटबल क्लबलेनगद रु २५ हजार सहित ट्रफी मेडलर प्रमाण पत्र प्राप्त गरेको छ भने उप विजेता गोकर्ण ९ एल नगद रु १५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।सो प्रतियोगितामा सलाखीटार फुटबल क्लबका संजय खतिवडा उत्कृष्ट गोल रक्षक, सन्जिब श्रेष्ठ सर्वाधिक गोल कर्ता , उत्कृष्ट खेलाडी सुसन श्रेष्ठ घोसित भए भने फेयर प्ले टिमको उपाधी हनुमान चोक फुटबल क्लबले प्राप्त गरेको छ।
उक्त प्रतियोगिताको समापन सत्रका प्रमुख अतित्गी प्रदेश नं ३ का प्रदेश खेलकुद विकास समितिका सदस्य सचिब सुर्यलाल भण्डारी रहेका थिए भने बिशेष अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती,नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ गोकर्णेश्वर नगरपालिका का प्रमुख सल्लाहकार दिपक रिसाल , क्लबका पदाधिकारी खेलाडी र खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश नं ३ का प्रदेश खेलकुद विकास समितिका सदस्य सचिब सुर्यलाल भण्डारीले आयोजकलाइ धन्यबाद दिदै प्रदेश खेलकुद विकास समिति खेलाडीहरुको सदैब साथमा रहेको जानकारी गराएका थिए। उनले गोकर्णेश्वर युवा उपकार क्लब संग समन्वय सहकार्य गरि खेलकुदको बिकासको लागि हातेमालो गर्न तयार रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले खेलमा अनुशासनको ठुलो महत्व रहने बताए । खेलाडी अनुशासनमा रहन सकेन भने नतिजा राम्रो आउँदैन । त्यसले सम्बन्धित खेलाडिलाई घाटा त पुग्छ नै, समग्र टिम र राष्ट्रले पनि घाटा सहनु पर्ने बताए । उनले खेलाडीहरुमा अनुशासन हराउदै गएकोमा चिन्ता ब्यक्त गर्दै आगामी दिनमा खेलाडीहरुले अनुशासनलाइ महत्व दिनको लागि सुझाब दिएका थिए ।
बिजेता उप बिजेता उत्कृष्ट खेलाडीहरु रेफ्री लायन्स म्यान, स्वयं सेवक सहयोगी सस्थाहरुलाइ कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं ३ का प्रदेश खेलकुद विकास समितिका सदस्य सचिब सुर्यलाल भण्डारी गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसे, उप प्रमुख शान्ती,नेपाल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठ, प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतले पुरस्कार तथा प्रसंशा पत्र प्रदान गरेका थिए।
सभाध्यक्षको आसनबाट बोल्दै गोकर्णेश्वर युवा उपकार क्लबका अध्यक्ष प्रेम कुमार श्रेष्ठले प्रतियोगितालाइ सफलता पुर्वक समपन्न गर्नको लागि सहयोग गर्ने सबैलाई धन्यबाद दिएका थिए। उनले खेल दौरान भएका कमि कमजोरीलाइ आगामी दिनमा सच्याउदै लगिने जानकारी गराएका थिए ।