गोकर्ण रिसोर्ट अगाडी आज पनि बिरोध प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, पौष १३। गोकर्ण रिसोर्ट अगाडी आज पनि बिरोध प्रदर्शन भएको छ । नेपाल तरुण दल कागेश्वरी मनोहरा नगर समितिको आयोजनामा भएको सो बिरोध प्रदर्शनमा स्व.बि.यु परिसद नेपाल र कान्तिपुर क्याम्पस स्व.बि.युको पनि सहभागिता रहेको थियो। गोकर्ण रिसोर्टको जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दै आज पनि गोकर्ण रिसोर्ट अगाडी उनीहरुले केहि बेर टायर बालेर विरोध प्रदर्शन गरेका हुन ।सरकारको निर्णय विरुद्ध नाराबाजी गरेका थिए।
पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल ट्रस्टको कानून संशोधन गरेर सरकारले यती समूहलाई दिने निर्णय गैरकानुनी र माफियामुखी भएकाले आफूहरु विरोधमा उत्रिएको स्व.बि.यु परिसद नेपालका अध्यक्ष निराजन नेपालले बताए ।यस अघि पनि पौष ८ गते सोहि ठाउमा स्व.बि.यु परिसद नेपाल र कान्तिपुर क्याम्पस स्व.बि.युको आयोजनामा बिरोध प्रदर्शन गरिएको थियो ।