सागका पदक विजेता कराते खेलाडी सम्मानित

सागका पदक विजेता कराते खेलाडी सम्मानित

कपन अनलाइन

काठमाडौँ, पुस १३ । शंखडोल शाखा डोजो र भगवतीव युवा क्लबले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत करातेमा पदक जित्न सफल सबै खेलाडीलाई शनिबार सम्मान गरेको छ ।
करातेमा नेपालले १० स्वर्ण, ४ रजत र ५ कांस्य जितेको थियो । सोही अवसरमा सागका प्रशिक्षक, व्यवस्थापक र नेपाली निर्णायकहरुलाई पनि सम्मान गरिएको थियो ।
संघीय सांसद कृष्ण राई, शंखडोल शाखा डोजोका प्रमुख शिवराम कारन्जितले उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । शंखडोल डोजोमा सागमा सहभागी नेपाली खेलाडीहरुले केहि समय प्रशिक्षण गरेका थिए । सोही डोजोमा भुटान, पाकिस्तान र श्रीलंकाका खेलाडीले पनि अभ्यास गरेको प्रमुख कारन्जितले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया ।