घुम्ती कविगोष्ठी नेपालको ८६ औँ शृङ्खला सम्पन्न

घुम्ती कविगोष्ठी नेपालको ८६ औँ शृङ्खला सम्पन्न

कपन अनलाइन

काठमाडौँ, पुस १३। घुम्ती कविगोष्ठी नेपालको ८६ औँ शृङ्खला सम्पन्न भएको छ। बुढानिलकण्ठ नगरपालिका १२, कपनको मिलन चोकस्थित रिलायन्स इन्टरनेसनल एकेडेमीको आयोजनामा सो कार्यक्रम २०७६ पुस १२ गते शनिबार सम्पन्न भएको हो।

उक्त कार्यक्रममा सोही विद्यालयका नेपाली विभागका प्रमुख एवम् रिया साहित्य समाजका सदस्य सन्तोष खरेलको सभापतित्वमा तथा वरिष्ठ साहित्यकार एवम् घुम्ती कविगोष्ठी नेपालका सल्लाहकार कणाद महर्षिको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

बिहान ८ बजे सुरुभएको यस कार्यक्रममा विशिष्ट अथितिको रुपमा सिस्नुपानी नेपालका निर्देशक थरेन्द्र बराल, कपन सङ्गीत सरोवरका अध्यक्ष विसुकुमार केसी, ढुण्डीराज मरासिनी, हेमा अधिकारी, त्रिलोचन आचार्य, रामचन्द्र दाहाल एवम् घुम्ती कविगोष्ठीका अध्यक्ष परशुराम पराशर लगायत अन्यको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा  सुमित्रा श्रेष्ठ, घुम्ती कविगोष्ठीका उपाध्यक्ष रामकुमार पण्डित, विनोद दाहाल वत्स, घनश्याम प्रसाईं, दुर्गाप्रसाद अधिकारी भ्रमरकोटे, टङ्क बजगाईं, मिसन अधिकारी लगायत अतिथिहरुसमेत १९ जना स्रष्टाहरुले रचना वाचन  गरेका थिए । वाचित रचनाहरुको समीक्षा डा. विदुर चालिसेले गरेका थिए । उनले प्रत्येक कविताको रचनाप्रभावका साथै काव्यशिल्पसमेतको चर्चा गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथि महर्षिले काव्यशक्तिको चर्चा गर्दै यस्ता गोष्ठी गर्दा समयको महत्वलाई बुझेर समयमै सुरु गर्ने, छोटा रचना वाचन गर्ने र छोटो भनाइ प्रस्तुत गर्नुपर्ने बताएका थिए ।

उक्त कार्यक्रमको अन्त्यमा सभापति सन्तोष खरेलले कार्यक्रम उत्कृष्ट भएको र यस्ता कार्यक्रमले नै स्रष्टालाई सबैमाझ चिनाउने कुरा बताएका थिए ।

कार्यक्रमको सञ्चालन घुम्ती कविगोष्ठी नेपालका सचिव माधवलाल श्रेष्ठले गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।