शंखरापुर नगरपालिका प्रमुख सहितको टोली द्वारा सडक ढलान कार्यको अनुगमन

शंखरापुर नगरपालिका प्रमुख सहितको टोली द्वारा सडक ढलान कार्यको अनुगमन

कपन अनलाइन

काठमाडौँ, पौष ११।  शंखरापुर नगरपालिका प्रमुख सहितको टोलीले बिहिबार सडक ढलान कार्यको अनुगमन गरेका छन् ।उनीहरुले साँखु- फड्केश्वर सडक अन्तर्गत शंखरापुर नगरपालिका वडा नं १ नाङ्ले प्रहरी चौकीदेखि बजारसम्म नगरपालिका द्वारा टेण्डरमाफत् निर्माणाधीन सडकको सडक ढलान कार्यको  अनुगमन गरेका हुन।

 सडकको सडक ढलान कार्यको अनुगमन अवलोकनका लागि नगरप्रमुख सुवर्ण श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा इलाका प्रशासन कार्यलय साँखुका प्रमुख खुमकान्त आचार्य,महानगरीय प्रहरी प्रभाग साँखुका प्रमुख गोविन्द पन्थी ,स्थानीय जनप्रतिनिधि,नेकपा नेताहरू सम्मिलित टोलीले  संयुक्तरूपमा स्थलगत  सडक ढलान कार्यको  अनुगमन गरेका हुन्।

साथै अनुगमन टोलीले सोही सडक खण्डको जहरसिंह पौवा- छापभन्ज्याङ सडकको समेत अनुगमन गरेको थिए । अनुगमनको क्रममा नगर प्रमुख श्रेष्ठले स्थानीय संग छलफल समेत गरेका थिए  ।

फोटो :नवराज गुरुङ

तपाइँको प्रतिक्रिया ।