लायन्स क्लब अफ सिन्धुपाल्चोक द्वारा बिद्यालयमा शैक्षिक सामग्री र न्यानो कपडा वितरण

लायन्स क्लब अफ सिन्धुपाल्चोक द्वारा बिद्यालयमा शैक्षिक सामग्री र न्यानो कपडा  वितरण

कपन अनलाइन

काठमाडौं ,पौष ८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५  ए१ अन्तर्गतको लायन्स क्लब अफ  सिन्धुपाल्चोकले  न्यानो कपडा ,शैक्षिक सामग्रीको साथै खेलकुद सामग्री वितरण  गरेको छ । लायन्स क्लब अफ  सिन्धुपाल्चोकले  पौष ६ गते आइतबार मेलम्ची नगरपालिका वडा नं १ भोटेचौरमा रहेको श्री सिद्धि गणेश आधारभूत बिद्यालयमा कक्षा १ देखि कक्षा ५ सम्म अध्ययनरत ४० जना बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत स्विटर ,टोपी र शैक्षिक सामग्री अन्तर्गत स्कुल ब्याग वितरण गरेको हो जाडोको सिजनमा स्वीटर र  टोपी र स्कुल ब्याग पाउँदा विद्यार्थी हर्षित भएका थिए ।

 उक्त कार्यक्रमको प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का सिनियर एड्भाइजर लायन महेश आचार्य रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स क्लब अफ सिन्धुपाल्चोकका निवर्तमान अध्यक्ष एबम सो कार्यक्रमका संयोजक लायन  सिके चौलागाई,  लायन्स क्लब अफ काठमाडौ डाँफेका दितीय उपाध्यक्ष लायन बच्चुराम शर्मा कुइकेल, श्री सिद्धि गणेश आधारभूत बिद्यालय  व्यवस्थापन समितिका अध्यक्ष  पृथ्वीमान तामाङ, प्रधानाध्यापक सरस्वती तिवारी,चौलागाई,  लायन्स क्लब अफ सिन्धुपाल्चोक का सदस्य लायन  राजेन्द्र खतिवडा, लगायत बिद्यालयका शिक्षक बिद्यार्थी, र अभिभावकको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ सिन्धुपाल्चोकका प्रेसिडेन्ट लायन  आशिष खड्काले गरेका थिए भने कार्यक्रम संचालन  लायन्स क्लब अफ सिन्धुपाल्चोकका संस्थापक अध्यक्ष लायन  ठाकुर प्रसाद तिवारीले गरेका थिए ।

लायन्स क्लब अफ सिन्धुपाल्चोकको स्थापना भएको छोटो समयमा नै बिभिन्न सामाजिक र मानवीय सेवाका कार्यहरुमा सक्रिय भूमिका खेलिरहेको लायन्स क्लब अफ सिन्धुपाल्चोकका वर्तमान प्रेसिडेन्ट लायन आशिष खड्काले बताएका थिए ।उनले विद्यालय पढ्ने विद्यार्थीलाई जाडोबाट बच्नको लागि केही भएपनि राहत मिलोस भन्ने उद्श्यले सो सामग्री वितरण गरेको बताए। लायन्सले सधै  आफूभन्दा कम भाग्यमानीहरुलाई सहयोग गर्ने गरेको र यो निरन्तर गरिरहने पनि  बताए ।

कार्यक्रममा प्रमुख अतिथि को रुपमा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ का सिनियर एड्भाइजर लायन महेश आचार्यले  लायन्स क्लब अफ  सिन्धुपाल्चोकले लायन्सको मर्म र धर्म मुताविक सेवाको भावना बोकेर स्कुलमा सहयोग  गरेको  र सो सहयोग कार्यक्रम मा आफु पनि सहभागी हुन पाउदा खुसी लागेको  बताए  । उनले जाडोका कारण कोही पनि विद्यार्थी स्कुल अनुपस्थित भई शिक्षाबाट बञ्चित हुन नपरोस भन्नका लागि कार्यक्रमको आयोजना गरेको पनि  बताए ।

कार्यक्रममा बोल्दै प्रधानाध्यापक सरस्वती तिवारी,चौलागाईले यस क्षेत्रका गरिब परिवारबाट यस विद्यालयमा पढ्न आउँने भएकाले विद्यार्थीलाई न्यानो कपडाले ठुलो राहत पुराएको बताए। न्यानो कपडा वितरण कार्यक्रमले विद्यार्थीलाई विद्यालय नियमित जानु पर्छ भन्ने संदेश  दिएको पनि  बताए । उनले सहयोगी दातालाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।