उपेन्द्र यादवले दिए राजिनामा

उपेन्द्र यादवले दिए राजिनामा

कपन अनलाइन

काठमाडौँ, पुस ८। उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् । यादवले केहीबेरअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएका हुन् ।

संविधान संशोधनका लागि विज्ञ समूह गठन गर्ने प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेपछि यादवको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो ।

उपप्रधानमन्त्री यादवसँगै समाजवादी पार्टीका तर्फबाट सहरी विकास मन्त्री बनेका महोमद इस्तियाक राईले पनि राजीनामा दिएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।