गोकर्ण रिसोर्ट अगाडी बिरोध प्रदर्शन
कपन अनलाइन
काठमाडौँ, पौष ८ ।गोकर्ण रिसोर्ट अगाडी नेबी संघ ,स्व.बि.यु परिसद नेपाल र कान्तिपुर क्याम्पस स्व.बि.यु को संयुक्त आयोजनामा बिरोध प्रदर्शन भएको छ ।गोकर्ण रिसोर्ट र नारायणीहिटी जग्गामा देखिएको अनियमिततामा सरकार गम्भीर नभएको भन्दै आज गोकर्ण रिसोर्ट अगाडी उनीहरुले टायर बालेर विरोध प्रदर्शन गरेका हुन ।
स्व.बि.यु परिसद नेपालका निराजन नेपाल कान्तिपुर क्याम्पस स्व.बि.यु सभापति पावल बज्राचार्य ,नेविसंघका नेता डुजाङ शेर्पा, कविर शर्मा, लगायतका बिद्यार्थीहरुले सरकारको निर्णय विरुद्ध नाराबाजी गरेका थिए ।
पुरानो सम्झौताको अवधि ६ वर्ष बाँकी हुँदा नै नेपाल ट्रस्टको कानून संशोधन गरेर सरकारले यती समूहलाई दिने निर्णय गैरकानुनी र माफियामुखी भएकाले आफूहरु विरोधमा उत्रिनु परेको स्व.बि.यु परिसद नेपालका निराजन नेपालले बताएका छन ।
नेपाल ट्रस्टको कानून नै संशोधन गरेर गोकर्ण रिसोर्ट यति होल्डिङ्सलाई पुनः सस्तोमा लिजमा दिइएको तथा सोही कम्पनीलाई दरबारमार्गमा रहेको ट्रस्ट अन्तर्गतको अर्को जग्गा पनि लीजमा दिइएको भन्दै विरोध हुँदै आइरहेको छ ।