लायन्स क्लब अफ काठमाडौं डाँफेले बिद्यार्थीका लागि बाड्यो न्यानो कपडा सहित शैक्षिक र खेल सामग्री

लायन्स क्लब अफ काठमाडौं डाँफेले बिद्यार्थीका लागि बाड्यो न्यानो कपडा सहित शैक्षिक र खेल सामग्री

कपन अनलाइन

काठमाडौं पौष ८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५  ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेले न्यानो कपडा ,शैक्षिक सामग्रीको साथै खेलकुद सामग्री वितरण  गरेको छ । बिगतमा जस्तै यस पटक पनि लायन्स क्लब अफ काठमाडौं डाँफेले देउसी भैलो बाट संकलित रकम बाट पाँचखाल नगरपालिका २ द्वारेडिही काभ्रे स्थित श्री भक्रमदेबी माध्यमिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई पौष ५ गते शनिबार उक्त सामग्री वितरण गरेको हो।

उक्त बिध्यालय शिशु कक्षा देखि कक्षा ५ सम्म अध्ययनरत  सय जना बिद्यार्थीहरुको लागि  शैक्षिक सामग्री अन्तर्गत स्कुल ब्याग, कापी, पेन्सिल को साथै जाडोको लागि न्यानो कपडामा स्विटर ,जुत्ता मोजा, टोपी र खेलकुद सामग्री वितरण  गरिएको थियो ।

लायन्स क्लब अफ काठमाडौं डाँफेले लायन्सको मर्म र धर्म मुताविक सेवाको भावना बोकेर स्कुलमा सहयोग गर्न पाँउदा  खुसी लागेको लायन्स बच्चुराम शर्मा कुइकेलले  बताए । उनले शैक्षिक सामग्री र  जाडोका कारण कोही पनि विद्यार्थी स्कुल अनुपस्थित भई शिक्षाबाट बञ्चित हुन नपरोस भन्नका लागि कार्यक्रमको आयोजना गरेको पनि  बताए ।

लायन महेश आचार्यका अनुसार लायन्सले क्षेत्र र समुदाय नभनि जहाँ अभाव र आवश्यकता हुन्छ त्यहाँ लायन्स पुगेर खुसी बाँडने गरेको बताउदै लायन्स क्लब अफ काठमाडौं डाँफेले सक्रिय भूमिका निर्वाह गरिरहेको पनि बताए  ।कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं डाँफेका प्रेसिडेन्ट कुमार रिजाल,लायन्स क्लब अफ काठमाडौं डाँफेका पदाधिकारी सहित बिद्यालयका शिक्षक, बिद्यार्थी र अभिभावकहरुको उपस्थिति रहेको थियो ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।