ब्रिजवाटर सेमिफाइनलमा

ब्रिजवाटर सेमिफाइनलमा

कपन अनलाइन

काठमाडौँ,पुस ८। आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेज प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
ब्रिजवाटरले माइलस्टोनलाई २–१ गोलले पराजित गर्यो । ब्रिजवाटरका रोशनसिंह विष्ट ‘म्यान अफ द म्याच’ घोषित भए ।
लिटिल एन्जल्स (एलए) र सैनिक आवसीय महाविद्यालय पनि सेमिफाइनलमा पुगे । एलएले विनायकलाई ४–३ तथा सैनिकले ब्राइट फ्युचरलाई ३–० गोलले हराए । एलएका सुरज चन्द तथा सैनिकका सर्वोच्च राई ‘म्यान अफ द म्याच’ चुनिए ।

तपाइँको प्रतिक्रिया ।