ग्यालेक्सी र काष्ठमण्डप क्वाटरफाइनलमा

ग्यालेक्सी र काष्ठमण्डप क्वाटरफाइनलमा

कपन अनलाइन

काठमाडौँ, पुस ८ । ग्यालेक्सी पब्लिक स्कुल र काष्ठमण्डप आठौं एक्सेल्सियर कपअन्तर्गत यु–१६ ब्वाइज फुटबलमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । दुवै दोहोरो जित निकाल्दै क्वाटरफाइनलमा पुगेका हुन् ।
ग्यालेक्सीले एलआरआईलाई ४–१ गोलले पराजित गर्यो । ग्यालेक्सीका जीवन बस्नेतले ३ तथा फिन्जु शेर्पाले १ गोल गरे । एलआरआईका ऋगदेवी मगरले सान्त्वना गोल गरे । अर्को खेलमा ग्यालेक्सीले होली भिजनलाई ४–१ गोलले हरायो । ग्यालेक्सीका फिन्जु र जीवनले समान २–२ गोल गरे । होली भिजनका शुभम् शाहीले १ गोल फर्काए ।
काष्ठमण्डपले एपेक्स लाइफलाई ४–० गोलले पाखा लगायो । काष्ठमण्डपका विभव केसीले २ तथा अर्सेज प्रसाईं र कृसिभ भट्टराईले १–१ गोल गरे । अर्को प्रतिस्पर्धामा काष्ठमण्डपले बृहस्पतिलाई ६–१ गोलले पन्छायो । काष्ठमण्डपका विभवले ह्याट्रिक गरे भने अमिर, कुशल र कृसिभले १–१ गोल गरे । बृहस्पतिका जेविन लिम्बूले १ गोल गरे ।
फुटबलकै यु–१६ ब्वाइजमा इलाइट को–एडले महामञ्जुश्रीलाई ५–३ तथा बृहस्पति विद्य सदनले एपेक्स लाइफलाई ३–१ गोले पाखा लगाए ।
बास्केटबलको जुनियर ब्वाइजमा नवजीवनले न्यु अरुणोदयलाई २८–२२ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो । नव जीवनका डिजोकर देवकोटाले ११ अंक जोडे । सिनियर ब्वाइजमा आयोजक एक्सेल्सियरले स्वर्णिमलाई ४६–२२ तथा रेडिअन्टले होली भिजनलाई ४४–१२ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे । एक्सेल्सियरका साश्वत डंगोलले १७ तथा रेडिअन्टका उपेन्द्र बस्नेतले २१ स्कोर गरे । सिनियर गल्र्समा एभीएमले महामञ्जुश्रीलाई ९–१ ले पन्छायो । एभीएमकी डोल्मा शेर्पाले सम्भव सबै ९ अंक जोडिन् ।

तपाइँको प्रतिक्रिया ।