दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटसलको उपाधि जेम्सलाई

दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटसलको उपाधि जेम्सलाई

कपन अनलाइन

काठमाडौं, पुस ८। जेम्सले दोश्रो क्युकेएस स्पोर्ट्स मिटअन्तर्गत ब्वाइज फुटसलको उपाधि जितेको छ । युरो स्कुलमा भएको फाइनलमा जेम्सले इम्पेरियललाई पराजितगर्यो र नेसनल स्कुलले तेश्रो स्थानमा चित्त बुझायो ।
काठमाडौं क्वालिटी स्कुल (क्युकेएस) द्वारा आयोजित प्रतियोगितामा राज अग्रहरी उत्कृष्ट खेलाडी, सौरव कार्की उत्कृष्ट गोलरक्षक र समिर नेम्कुल उत्कृष्ट प्रशिक्षक घोषित भए । संस्कृति इन्टरनेसनल स्कुलका अगत अधिकारी सर्वाधिक गोलकर्ता बने ।
गल्स फुटसलमा प्रिमियर पहिलो, संस्कृति दोश्रो तथा एलआरआई तेश्रो भए । संस्कृतिकी शशिका अमात्य उत्कृष्ट खेलाडी, प्रिमियरकी डायना राजभण्डारी उत्कृष्ट गोलरक्षक र प्रिमियरका सुरज महर्जन उत्कृष्ट प्रशिक्षक चुनिए । प्रिमियरकै पर्मिता श्रेष्ठ सर्वाधिक गोलकर्ता बनिन् ।
बुद्धिचालको छात्रतर्फ कक्षा १ देखि ४ मा ब्रिटिस स्कुलका तरुस मुरे, कक्षा ५ देखि ६ मा निसर्गका अनुस्ना गौतम, कक्षा ७ देखि ८ मा त्रियोगका कुशल बेल्वासे तथा कक्षा ९ देखि १० मा त्रियोगकै कपिल घिमिरे पहिलो भए । त्यस्तै छात्राको कक्षा १ देखि ४ मा कृपा बेल्वासे, कक्षा ५ देखि ६ मा रिया श्रेष्ठ, कक्षा ७ देखि ८ मा मार्सल तामाङ तथा कक्षा ९ देखि १० मा उन्नती सिलवालले शीर्ष स्थान हात पारे । पहिलो हुने चारै खेलाडी त्रियोगका हुन् ।

तपाइँको प्रतिक्रिया ।