अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता

जेठ ४- सरकार र प्रमुख दलका शीर्ष नेताले बाहुन, क्षेत्री र सन्यासीलाई आदिवासिमा सुचिकृत गर्ने लिखित सहमति गरेपछि ब्राह्मण, क्षेत्रीलगायतका ११ जातीय समूहले आजदेखि आह्वान गरेको अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम फिर्ता लिएको छ। प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेस सभापति सुशिल कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मन्त्री एवं माओवादी नेता वर्षमान पुनले लिखित सहमतिमा हस्ताक्षर गरेपछि ती समाजले आयोजना गरेको अनिश्चितकालीन बन्द फिर्ता भएको हो।

तपाइँको प्रतिक्रिया ।