रोजबडको विजयी सुरुवात

रोजबडको विजयी सुरुवात

कपन अनलाइन

काठमाडौँ, पुस ६। आयोजक रोजबड स्कुलले चौथो रोजबड प्लस टु छात्र बास्केटबल प्रतियोगिता शनिबार विजयी सुरुआत गरेको छ ।

बुद्धनगरस्थित घरेलु कोर्टमा रोजबडले द चाँदबाग स्कुललाई ७०–६९ को झीनो अन्तरले पराजित गर्यो । रोजबडका जोन सुनुवारले २१ अंक जोडे ।

जेभियर इन्टरनेसनल कलेजले एभरेष्ट फ्लोरिडालाई ७४–२७, ह्वाइटहाउसले ज्ञान निकेतनलाई ६३–५२ तथा समृद्धिले इन्साइट भिजनलाई ६५–४४ ले हराए । जेभियरका लियुश केसीले २१, ह्वाइटहाउसका सुरज बस्नेतले १८ र समृद्धिका आयुश महर्जनले १६ स्कोर गरे ।

तपाइँको प्रतिक्रिया ।