१७ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सुनिरालाई स्वर्ण

१७ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा सुनिरालाई स्वर्ण

कपन अनलाइन

काठमाडौँ, पुस ६। सुनिरा थापाले १७ औं जयकर स्मृति राष्ट्रिय जुनियर टेनिस प्रतियोगिताको यु–१२ गल्स सिंगल्समा शनिबार स्वर्ण जितेकी छन् । फाइनलमा सुनिराले इभा अधिकारीलाई ६–१ र ६–३ को सोझो सेटमा परजित गरिन् ।

यु–१० गल्र्स सिंगल्स फाइनलमा समृद्धि महर्जनले प्राज्णा मानन्धरलाई ७–५ र ६–३ को सीधा सेटमा हराउदै पहिलो भइन् । सोही स्पर्धाको ब्वाइजमा बोरिस अधिकारीले निशाद जोशीलाई फाइनलमा ७–५ र ६–२ ले पाखा लगाउदै पहिलो स्थान हात पारे ।

मिक्स डबल्सको उपाधि अकी जुवेन रावत र शुभाङ्गीलक्ष्मी शाहको जोडीले जिते । अकी र शुभाङ्गीको जोडीले इशाश्री शाह र चिराग तिमिल्सिनाको जोडीलाई ६–४ र ७–६ ले पन्छाए ।

तपाइँको प्रतिक्रिया ।