के.एल. दुगड समुहको उत्पादन ज्ञान भुजा नेपाली बजारमा
कपन अनलाइन
काठमाडौँ, पुस ३। के. एल. दुगड समूहले ज्ञान ब्राण्डमा आफ्नो नयाँ उत्पादनज्ञान भूजा नेपालीबजारमा ल्याएको छ ।
के.एल. दुगड समूहअन्तर्गतको विकास फ्लोर मिलप्रा.लि.बाट उत्पादितज्ञान भूजाउत्कृष्ठ प्रविधिको प्रयोग गरी बैज्ञानिक तवरबाट तयार पारिएको कम्पनीले जनाएको छ । ज्ञान भूजा ४०० ग्रामको कन्जुमर प्याकमा उपलब्ध रहेको छ । वोभन ड्राइड, चम्किलो सेतो र झुरुमझुरुम गर्ने एकैनासको आकारको साइजमा रहेको गुणस्तरीय ज्ञान भूजा उपभोक्ता माझ छोटो समयमै खाजाको रुपमा पहिलो रोजाईमा पर्नेमा कम्पनीविश्वस्त रहेको छ । उत्कृष्ट खाद्य पदार्थ उत्पादन गरे वापत नेपाल सरकारबाट २०६३ र २०७५ सालमा स्वच्छ र गुणस्तरीय खाद्यपदार्थहरु उत्पादन गर्ने ठूला तथा मझौला उद्योगहरु मध्ये विकास फ्लोर मिलप्रा.लि.लाई उत्कृष्ट उद्योगको रुपमा सम्मानित गरिसकेको छ । ज्ञान भूजा नेपाल अधिराज्य भरका मुख्य डिपार्टमेन्टल स्टोरहरु लगायत स्थानीय किराना पसलहरुमा समेत सहजै उपलब्ध रहेको छ । विकास फ्लोर मिलप्रा.लि.ले ज्ञान ब्राण्डमा चक्की आँटा, मैदा, सूजी, बेसन, लिटो लगायतका गुणस्तरीय उत्पादन नेपाल तथा विदेशमा समेत उपलब्ध गराउदै आएको छ ।