भगवती युवा क्लबको १३ औं साधारणसभा हुने

 भगवती युवा क्लबको १३ औं साधारणसभा हुने

कपन अनलाइन

काठमाडौँ, पुस ३।  गोकर्णेश्वर नगरपालिका – ९ शंखडोल स्थित भगवती युवा क्लबले आफ्नो १३ औं साधारणसभा तथा आजीवन सदस्य सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ।  प्रतिनिधि सभा सदस्य कृष्ण  राइको  प्रमुख आतिथ्यता रहेने सो  कार्यक्रममा प्रदेश सभा सदस्य रामेश्वर फुयाल र गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसेको बिशेष आतिथ्यता रहेने बताईएको छ ।

पौष ५ गते शनिबार बिहान ८ बजे  भगवती युवा क्लब डोजो हलमा हुन लागेको सो कार्यक्रमको पहिलो सत्रमा आर्थिक बर्ष २०७५/७६को प्रगति प्रतिबेदन ,आर्थिक बर्ष २०७५/७६को आर्थिक प्रतिबेदन प्रस्तुत गरिनुको साथै आर्थिक वर्ष  २०७६/७७ को लेखा परीक्षक नियुक्ति एबम पारिश्रमिक सम्बन्धमा समेत छलफल एबम प्रतिनिधि चयन गरिने कार्यक्रम रहेको छ  । साथै दोस्रो सत्र मा बन्द सत्र रहेको छ ,जसमा निर्वाचन तथा कार्यसमिति चयन रहेको हुँदा उक्त कार्यक्रममा सम्बन्धित सम्पूर्ण महानुभावहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ।

तपाइँको प्रतिक्रिया ।