गोकर्णेश्वर ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको परिवार द्वारा सुनौलो पाइला सस्थालाई आर्थिक सहयोग गर्दै जन्मदिनको खुसि साटे
कपन अनलाइन
काठमाडौं पौष ३। पछिल्लो समयमा मानिसरहरुमा आफ्नो र आफ्ना प्रियजनको जन्मोउत्सव (जन्मदिन) मनाउने चलन बढ्दै गएको छ । हरेक मानिसको चाहाना हुन्छ कि उसले मनाउने जन्मदिन खास र बिशेष होस । बर्षमा एक पल्ट मात्र मनाउने सौभाग्य प्राप्त हुने विभिन्न किसिमका चाड पर्व जस्तै यो पनि एक प्रकारको पर्व नै हो मनाउने व्यत्ति र त्यसमा सम्मिलित समूह र व्यत्तिहरुका लागि ।
आफ्नो र आफ्ना प्रियजनका जन्म दिनहरुलाई यस्तै खास र बिशेष बनाउन चाहाना राख्ने हरुका लागि उचित गन्तव्य बन्न सक्छ गोकर्णेश्वर नगरपालिका वडा नं ९ शंखडोलमा असाहय तथा अनाथ बालबालिकाहरुलाई संरक्षण गरि उनीहरुको भबिष्य उज्ज्वल बनाउने उदेश्य सहित खोलिएको संस्था सुनौलो पाइला, जहा हाल १४ जना बालबालिकाहरुले आश्रय लिइरहेका छन्। आज भन्दा दुइ वर्ष अघि नेपालको प्राकृतिक प्रकोप लगायत बिभिन्न बिपत्तिमा परि आफ्ना अभिभावक गुमाएका गरिब तथा सहारा बिहिन पिडित बालबालिकाहरुको भबिष्य उज्ज्वल बनाइ देशको असल नागरिक बनाउने उदेश्य सहित रोजिना बिष्ट रोजले संस्था स्थापना गरेकी हुन् ।
बर्षमा एक दिन मात्र आउने जन्म दिन लाई ती बालबालिकाहरु संग मनाउदा पक्कै मनाउने को मनमा शान्ति र अमन चयन त मिल्नेछ नै र बिष्टले पालन पोषण गरिरहेका बालबालिकाहरुले एक छाक खाना खाने अवसर समेत प्राप्त गर्नेछन ।सुनौलो पाइलाकि सञ्चालिका रोजिना बिष्ट (रोज)का अनुसार पछिल्लो समयमा जिल्लाका विभिन्न स्थान बाट जन्म दिन मनाउन आउने हरुको क्रम बढ्दै गएको बताउदै यस बाट आफुमा सेवा गर्ने,भाव समेत बढ्दै गएको समेत बताइन ।
गत मंगलबार गोकर्णेश्वर नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदीको परिवारले आफ्नो अमेरिका निवासी छोरा बबिन सुवेदीको जन्मदिनको अवसर पारेर सो संस्थाका बालबालिकाहरुलाइ भोजन गराउनुको साथै उनीहरुको उज्ज्वल भबिष्यको कामना सहित पठनपाठनमा सहयोग होस् भन्ने उदेश्यले आर्थिक सहयोग समेत गरेका छन्। उनीहरुले सुनौलो पाइला सस्थालाई मंगलबार नगद रु २२ हजार सहयोग रकम संस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजलाइ हस्तान्तरण गरेका थिए ।
पछिल्लो समय मानिसहरुले आफ्नो जन्मदिनमा भोज भतेर तथा फजुल खर्च गरि जन्मदिन मनाइरहेको बेलामा सुनौलो पाइलामा आएर जन्मदिनको मनाएको भन्दै सुनौलो पाइला संस्थाकी अध्यक्ष रोजिना बिष्ट रोजले वडा अध्यक्षको परिवारलाइ धन्यवाद व्यक्त गरेकी थिईन । उनले हिजोआज विभिन्न माध्यमबाट सुख, दुख बाट्न चाहने जुनसुकैले ती बालबालिकाका लागि प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्न सक्ने बताइएकी छिन । उनले आफु संग कोहि पनि डोनर नभएको र आयश्रोत समेत नभएकोले बालबालिकाहरुलाई भरण पोषण गर्न एकदमै गाह्रो र अप्ठ्यारो परिस्थितिहरु आउने गरेको हुदा देश बिदेशमा बस्ने मनकारी समाजसेवी मन संग उनले सहयोगको अपिल समेत गरेकी छिन l