शङ्खरापुर नगरपालिका-८ मा रहेको बज्रयोगिनी मन्दिर गजुरको जिवन्यास प्रवेश तथा पुनःनिर्माण कार्यक्रम सम्पन्न

शङ्खरापुर नगरपालिका-८ मा रहेको बज्रयोगिनी मन्दिर गजुरको जिवन्यास प्रवेश तथा पुनःनिर्माण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं मंगसिर २९ । शङ्खरापुर नगरपालिका वडा नं. ८ स्थित बज्रयोगिनी मन्दिर गजुरको जिवन्यास प्रवेश तथा मन्दिर पुनःनिर्माण कार्यक्रम सम्पन्न भएको छ।

सँस्कृति  पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईकोको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठ लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले धार्मिक पर्यटनको विकासमा बज्रयोगिनी मन्दिरले थप टेवापुर्याएको बताएका छन्।उनले नेपालको धार्मिक पर्यटनको विकासका लागि बज्रयोगिनी मन्दिरले टेवा पुगेको स्पष्ट परेका हुन् ।

काठमाडौंलाई कङ्क्रिटको जङ्गलमा रुपान्तरण गरेर नेपालको पर्यटनको विकास संभव नहुने भन्दै उनले नेपालमा भएका धार्मिक र प्राकृतिक क्षेत्रको विकासले मात्र पर्यटकीय विकास संभव हुने  बताएका छन् । अहिले काठमाडौंमा पैदल मार्गको कमी हुँदै गएकाले उपत्यका भित्रका नगरपालिकाले नगर क्षेत्र भित्र पैदल मार्गको रुपमा विकास गदै जानुपर्ने चर्चा गर्दै उनले पैदल मार्गले पर्यटन विकासमा सहयोग  पुग्ने विश्वास व्यक्त गरेका छन् ।
सांखु क्षेत्र आफैंमा धार्मिक पर्यटकीय क्षेत्र भएको स्मरण गर्दै मन्त्री भट्टराईले साँखुबाट नगरकोट, सिन्धुपालचोक लगायतका ठाउँमा पुग्न सकिने गरी वैकल्पिक मार्गको रुपमा विकास हुँदै गएको जानकारी गराए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाको आन्तरिक सिमित साधन र स्रोतले पर्याप्त रुपमा विकास गर्न नसकिएको भन्दै यसका लागि सङ्घीय सरकारले  सहयोग गर्नुपर्ने बताए । नगपालिकामा जनप्रतिनिधि आएपछि विकासको गतिले तिब्रता पाएको चर्चा गर्दै प्रमुख श्रेष्ठले यसका लागि संघ र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिए ।

२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर तीन करोड ६७ लाख रुपियाँमा पुनःनिर्माण सम्पन्न गरिएको हो । सोही क्षेत्रमा रहेको  पद्मगिरी धर्म धातु मन्दिरको दुई करोड २५ लाख रुपियाँमा पुरातत्व विभागले पुनःनिर्माण गरेको छ ।

तपाइँको प्रतिक्रिया ।