चौधौं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा कौस्तुभ र करियर

चौधौं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको फाइनलमा कौस्तुभ र करियर

कपन अनलाइन

काठमाडौं, मंसिर २६ गते । कौस्तुभ एकेडेमी र करियर चौधौं फेका कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।
पेप्सीकोला टाउन प्लानिङको मैदानमा कौस्तुभले कस्मिकलाई २–० गोलले पराजित ग¥यो । कौस्तुभका विलोभ तामाङ र रविन बमले गोल गरे ।
अर्को सेमिफाइनलमा करियरले गेटवेलाई २–० गोलले नै हरायो । करियरका साहिल बस्नेत र सम्योग गुरुङले गोल गरे । गत संस्करणमा पनि कौस्तुभ र करियर नै उपाधिका लागि भिडेका थिए । त्यसमा करियर पेनाल्टी सुटआउटमा विजयी भएको थियो ।

तपाइँको प्रतिक्रिया ।