दोश्रो त्रि-ज्योति ‘सेभेन ए साईड अन्डर १६’ फुटबल प्रतियोगिता हुने

दोश्रो त्रि-ज्योति ‘सेभेन ए साईड अन्डर १६’ फुटबल प्रतियोगिता हुने
कपन अनलाइन
काठमाडौं, मंसिर २६ । त्रि-ज्योति मा.वि बुनपा – १२ ले दोश्रो त्रि-ज्योति ‘सेभेन ए साईड अन्डर १६’ फुटबल प्रतियोगिता  गर्ने भएको छ ।

मंसिर २६ गतेबाट पुस ०६ गते सम्म हुने  उक्त फुटबल प्रतियोगितामा काठमाडौं उपत्यका भित्रका २५ वटा विद्यालयका २६ वटा टीम सहभागि हुने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । फुटबल प्रतियोगिता बुढानिलकण्ठ नगरपालिका -१० आकाशेधारा स्थित ह्याण्डबल चौरमा हुने भएको छ ।

 आयोजक त्रि-ज्योति खेलको माध्यम मात्र भएको बताउदै यो खेल समाजको लागि खेलाईएको जनाए ।
त्रि-ज्योतिका  प्रधानाध्यापक गणेश कुमार मिश्रले विद्यालयबिच आपसी भाईचाराको सम्बन्ध राख्न खेलको आयोजना गरिएको बताउदै नेपाली खेलाडीलाई विश्वसामु चिनाउन यो प्रतिश्पर्धा गरिएको बताएका थिए ।
प्रतिस्पर्धामा प्रथम, द्वितिय र तृतिय टिमलाई मेडल, शिल्ड र प्रमाणपत्र दिने कार्यक्रम संचालक भाईस प्रिन्सिपल राजिप खड्काले जानकारी दिए ।
तपाइँको प्रतिक्रिया ।