बुढानिलकण्ठ प्रहरी प्रभागद्वारा अवैध बालुवा चोरी निकासी गर्ने मिनिट्रक नियन्त्रणमा
कपन अनलाइन
काठमाडौं, मंसिर २३। महानगरीय प्रहरी प्रभाग , बुढानिलकण्ठले चोरी निकासी गरि बालुवा ओसार पसार गर्ने ४ वटा मिनी ट्रक नियन्त्रणमा लिएको छ ।
बुढानिलकण्ठ नगरपालिकामा रहेको विष्णुमति खोलामा रहेका बालुवा चोरी निकासी भईरहेको सुचना पश्चात उक्त मिनी ट्रक नियन्त्रणमा लिएको जानकारी प्रभाग प्रमुख प्र. नि भुपेन्द्र गिरिले दिएका छन् ।
अनुसन्धानको क्रममा राजस्वको बिलहरु फेला नपरे पछि नियन्त्रणमा लिएका उक्त मिनी ट्रकहरुलाई आवस्यक कारवाहीका लागि बुढानिलकण्ठ नगरपालिकामा पठाइने जानकारी प्रहरी प्रभागले दिएको छ ।
तपाइँको प्रतिक्रिया ।