लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सेचतनामुलक कार्यक्रम सम्पन्न

लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सेचतनामुलक कार्यक्रम सम्पन्न

कपन अनलाइन

धादिङ, मंसिर २२।जिल्लाको गजुरी गाँउपालिका वडा नं.२ स्थित श्री छेपाङ आधारभुत बिद्यालय छेपाङमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

उक्त कार्यक्रम लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत ” समानताको पुस्ता: बलत्कार बिरुद्ध ऐक्यवद्धता” भन्ने मुल नाराका साथमा सम्पन्न भएको हो

ईलाका प्रहरी कार्यालय गजुरी धादिङको आयोजना तथा प्रयास नेपाल गजुरीको सह-आयोजनामा गजुरी गाँउपालिकाका उपाध्यक्ष सिता ढुंगानाको प्रमुख आतिथ्यता तथा यस कार्यालयका प्रमुख प्रनाउ खगेन्द्र बहादुर खड्काको अध्यक्षतामा सो कार्यक्रम भएको हो 

कार्यालयका प्र.नि.भोजराज पाण्डेयद्धारा कार्यक्रमको उद्देश्यको बारेमा प्रष्ट पार्दै सुरुभएको सो कार्यक्रममा २ नं.वडाका वडा अध्यक्ष, प्रयास नेपाल गजुरीका निर्देशक, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रमुख अतिथी सिता ढुंगाना लगाएतले मन्तव्य राखेका थिए।

सो कार्यक्रम पालिका स्तरीय लैंगिक हिंसा नियन्त्रण संजाल समितिका सदस्य मुक्तिकला लामिछानेले संचालन गरेकी हुन्

तपाइँको प्रतिक्रिया ।