ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनलाई
कपनअनलाइन
काठमाडौं, मंसिर २२ । नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ ।
ए क्लासतर्फ गोल्ड अवार्डको उपाधि कालिका कन्स्ट्रक्शनले जित्दा सिल्भर अवार्ड जय धनञ्जय निर्माण सेवाले जितेको छ ।ब्रोन्ज अवार्ड तुँदी कन्स्ट्रक्शनले पाएको छ । बी क्लासतर्फको गोल्ड अवार्ड जय विष्णु निर्माण सेवा प्रालीले हात पारेको छ । बी क्लासतर्फ सिल्भर अवार्ड के एम इन्जिनियर्स एण्ड बिल्र्डस प्रालिले जित्यो ।
१२ औं राष्ट्रिय निर्माण दिवस २०७६ को अवसरमा राजधानीमा एक कार्यक्रम गरी महासंघले अवार्ड वितरण गरेको हो । नेपाली निर्माण उद्योगको विकासमा विभिन्न क्षेत्रबाट विशेष योगदान पुर्याउने व्यक्ति, संघ–संस्था तथा फर्म-कम्पनीहरुलाई विभिन्न विधामा अवार्ड प्रदान गरिएको महासंघका अध्यक्ष रवि सिंहले बताए ।
नयाँबाटो निर्माण प्रालिले सी क्लासतर्फको गोल्ड अवार्ड जित्न सफल भएको छ । सिल्भर र ब्रोन्ज अवार्ड भने क्रमशः शाह निर्माण सेवा र पुष्प निर्माण सेवाले जितेका छन् । डी क्लासतर्फ प्रदेश ७ मा श्रीपुर बिल्र्डस् प्रालि उत्कृष्ट भएको छ । प्रदेश ३ मा आइएस निर्माण सेवा उत्कृष्ट हुँदा प्रदेश १ मा आर्शिवाद निर्माण सेवा उत्कृष्ट ठहरियो । भूगोल अन्तर्गत हिमाल तर्फ गोरखा निर्माण व्यवसायी संघ, पहाडमा. काभ्रे व्यवसायी संघ.र तराईतर्फ लुम्बिनी निर्माण संघले अवार्ड हात पारेका छन् । उदाहरणीय निर्माण कार्य गर्ने इलिायट–एडभान्चर–लोहनी जेभीका मोतीलाल शर्मा र समानान्तर–डाँफे जेभीका अच्युतप्रसाद खरेलले पनि अवार्ड जितेका छन् । नेपाली निर्माण क्षेत्रमा विशिष्ट योगदान दिए बापत् एफक्यान ग्लोरी अवार्ड महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनलाई प्रदान गरियो ।
अग्रणी इन्जिनियरको रुपमा स्वर्गिय प्राध्यापक डाक्टर दिपक भट्टराई सम्मानित हुँदा उत्कृष्ट महिला निर्माण व्यवसायीको रुपमा कालिकोटकी ताराकुमारी शाह पुरस्कृत भएकी छिन् । नेपालमै अध्ययन गरी इन्जिनियरिङ संकायमा उत्कृष्ट अंक ल्याउन सफल निर्माण व्यवसायी धर्मराज सुवेदीका छोरा इन्जिनियर बिप्लब सुवेदीलाई पुरस्कृत गरियो ।
त्यस्तै सहयोगी प्रायोजकको रुपमा शंकर ग्रुप अन्र्तगतको जगदम्बा कन्स्ट्रक्शन सोलुसन प्राइभेट लिमिटेड पुरस्कृत हुँदा उत्कृष्ट कन्सल्टिङ कम्पनीको अवार्ड एमएस बिल्डिङ डिजाइनका इन्जिनियर खेम डल्लाकोटीले जितेका छन् । महासंघ सचिवालयमा लामो समयअघि देखि कार्यरत केदारनाथ पोख्रेललाई पनि सो अवसरमा सम्मान गरियो ।
अवार्ड वितरणका लागि वरिष्ठ प्राविधिक विज्ञ प्रा. डा. राजेन्द्र प्रसाद अधिकारीको संयोजकत्वमा“पुरस्कार तथा सम्मान मूल्याङ्कन समिति”गठन गरिएको थियो कार्यक्रमलाई सम्बोधन गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले मुलुक समृद्ध बनाउने ठूलो जिम्मेवारी निर्माण व्यवसायीको काँधमा आएको बताए। व्यवसायीसँग सहकार्य गरी अघि बढ्न सरकार तयार रहेको भन्दै मन्त्री नेम्बाङले आवश्यकता अनुसार नीति नियम परिमार्जन गरिने जानकारी दिनुभयो । राज्यले उत्कृष्ट कार्य गर्ने निर्माण व्यवसायीलाई सम्मान गर्ने र गलत काम गर्नेलाई कार्वाहीको दायरामा ल्याउने मन्त्री नेम्बाङको भनाइ थियो ।
महासंघका अध्यक्ष रवि सिंहले विभिन्न चुनौतिका बाबजुद नेपालका निर्माण व्यवसायीहरुले उत्कृष्ट कार्य गरिरहेको बाताए । निर्माण क्षेत्रमा देखिएका समस्या समाधानका लागि महासंघ अझै आन्दोलनको मैदानमा रहेको भन्दै अध्यक्ष सिंहले व्यवसायीको सहयोगले मात्र समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल हुने बताए ।
कार्यक्रमलाई , प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियमा, महासंघका मानार्थ सदस्य जीप छिरिङ लामा शेर्पा, पूर्व अध्यक्ष यक्षध्वज कार्की, महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, महासचिव रोशन दाहाल, लगायतले पनि सम्बोधन गरेका थिए ।
महासंघको आयोजना, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्र्तगत निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिको सहकार्य र रिद्घी सिद्घी सिमेन्ट (शंकर गु्रप)को मुख्य प्रायोजनमा अवार्ड कार्यक्रम आयोजना गरिएको हो ।